कपिलवस्तुको गोरुसिङ्गेमा राति  सवारी दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।
टिप्परले मोटरसाइकललाई ठक्कर दिदा अर्घाखाँची साविक सिद्दारा ७ कि अन्दाजी २४ बर्षिय निशा बिकको मृत्यु भएको छ । दुर्घटनामा परि एक जना गम्भीर घाईते भएका छन् ।

पुर्वबाट पश्चिम जाँदै गरेको लु १ ख ७३०७ नम्बरको टिप्परले बिपरित दिशाबाट आउदै गरेको लु ५ प ९६३१ नम्बरको मोटरसाइकललाई कपिलवस्तुको गोरूसिङगे नजिकै तौलिहवा जाने चोकमा बुधबार साँझ ठक्कर दिदा मोटरसाइकलको पछाडी सवार बिकको ज्यान गएको ईलाका प्रहरी कार्यालय गोरूसिङगेका प्रहरी निरिक्षक कृष्ण रानामगरले जानकारी दिनु भयो । दुर्घटनामा मोटर चालक अर्घाखाँची साविक सिद्धारा ७ का बम बहादुर बिक गम्भीर घाईते भएका छन् ।

घाईते बिकको थप उपचारको लागि बुटवल पठाईएको र ठक्कर दिने टिप्पर चालक र टिप्परलाई नियन्त्रणमा लिएको गोरूसिङगे प्रहरीले जनाएको छ ।

0Shares