Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

कपिलवस्तुको विजयनगरमा २ सय ८६ जनाले गरे नेकपा प्रवेश


कपिलवस्तु पौष १६
कपिलवस्तुको विजयनगर गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टि नेकपाको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको वडा नं. ६ को हरिबोध प्रा.वि.को प्राङ्गणमा भएको कार्यक्रममा विभिन्न पार्टि परित्याग गरी २ सय ८६ जना नेकपामा प्रवेश गरेका छन ।


नव आगन्तुकलाई स्वागत गर्दै गर्दै नेकपा केन्द्रिय कमिटीका सदस्य बलराम अधिकारीले समृद्ध नेपाल निर्माणमा सहभागिता जनाएकोमा नव प्रवेशीलाई धन्यवाद दिनुभयो । कुनै पनि सरकारको पालामा नभएको विकास निर्माण काम अहिले स्थानिय तहमा प्रस्ट देखिने गरिएको भएकोले विकास र राष्ट्र निर्माणको पक्षमा सबैलाई एक जुट हुन अधिकारीले अह्वान गर्नु भयो । वर्तमान राजनितिको बारेमय बोलदै उहाले आफ्नो स्वार्थ, सत्ता र पदका लागि मात्र पुष्प कमल दहाल प्रचण्ड र माधव नेपाल आज सडकमा आएको बताउनु भयो । ओली नेतृत्व सरकारले छोटो समयमा विभिन्न चौतर्फी विकासको कार्यमा जनताको लोकप्रिय हुँदै जाँदा ओलीका योजनालाई विफल पार्न विभिन्न षडयन्त्र रचेको बताउनुभयो ।सरकारको कामकाजमा बाधा अड्चन पु¥याउने कार्य गर्दागर्दै पनि प्रधानमन्त्रीलाई अविस्वासको प्रस्ताव र राष्ट्रपतिलाई महाअभियोग लगाई सरकारलाई अप्ठ्यारोमा पारी सत्ताको लोभमा घृणित कार्य गर्न लागेको थाहा पाएपछि संसद विघटन गरेको उहाँले बताउनुभयो । यस्ता चरित्र भएका माधव र प्रचण्डलाई जनता समक्ष जानलाई प्रधानमन्त्रीले बाटो खोलेको अधिकारीले बताउनुभयो ।
जिल्ला सदस्य महादेव पोख्रलले विभिन्न बहानामा चुनाब जिती हालसम्म केही गर्न नसकेका बेला ओली सरकारले नेताहरुलाई ओली सरकारले तीव्र विकासको परिवर्तन ल्याएको बताउनु भयो । अहिलेको जस्तो परिर्वतन विकासले गति लिएको अवस्थामा प्रधानमन्त्रिलाई कम्जोर बनाउने प्रयासमा संसद विघटन भएको उहाँले बताउनु भयो । जिल्ला सचिवालय सदस्य नेत्रराज अधिकारीले यस्तो दुर दराज ठाउँमा विकासले तीव्र गति लिएकोमा पार्टी प्रबेश लहर विजयनगरमा जनताको आशा भरोसा नेपाल कम्युनिष्ट पार्टी नेकपा रहेको बताउनुभयो । यस संकटको विषम परिस्थितिमा युवाहरुले समयमै जवाफ दिने जिल्ला सदस्य लोकेश थापाले बताउनुभयो ।
कार्यक्रम जिल्ला कमिटी सदस्य त्रिवेणी कुर्मीको अध्यक्षता र जिल्ला सदस्य राम अवतार यादव स्वागत मन्तव्य र जिल्ला सदस्य थर्क बहादुर खन्गाहाको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma