कपिलवस्तुको शिवराज नगरपालिका वडा ५ चन्द्रौटामा रहेको सनराईज ईङलिस बोडिङ स्कुलको अध्यक्षमा पुनः बिनोद नेपाल निर्विरोध चयन हुनुभएको छ । १८ औ साधारण सभा तथा अधिवेशनले नेपाल सहित ५ सदस्यलाई चयन गरिएको छ । जसको सदस्यमा नवराज पाण्डे,हिरा भण्डारी,रामलिमन चौधरी,माया रेग्मी,लिला खरेल पाण्डे चयन हुनुभएको छ ।
कार्यक्रममा विद्यालयलको वार्षिक प्रतिवेदन प्रध्यानाध्यापक निर्मल भण्डारीले प्रस्तुत गर्नुभएको थियो । विद्यालयको आर्थिक प्रतिवेदन लेखा समितिका संयोजक भवनराज पौडेलले प्रस्तुत गर्नुभएको थियो । भावी योजना प्रस्तुत गर्दै अध्यक्ष नेपालले स्कुलको शिक्षामा गुणस्तरीय लागि विशेष ध्यान दिने बताउनुभयो । विद्यालयमा शिक्षामा गुणस्तरीयता हुनुपर्नेमय जोड दिदै शिक्षकहरुको सानो मेहनतले विद्यालयलाई जिल्लाको नमुना बनाउन सकिने बताउनुभयो ।

0Shares