Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

मद्रहवा गाउँ सुरक्षीत खानेपानी युक्त टोल घोषणा

चन्द्रौटा,१९ पुस
कपिलवस्तुको शिवराज नगरपालिका २ मद्रहवा टोललाई लुम्बिनी प्रदेशकै दोस्रो सुरक्षित खानेपानी टोल घोषणा गरीएको छ । आइतवार शिवराज नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी सुरक्षीत खानेपानी युक्त समुदाय घोषणा गरेको हो । ७२ घरधुरी रहेका उक्त टोलका सवै घरमा शुद्ध खानेपानी पु¥र्याएपछि घोषणा गर्न सफल भएको नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले बताउनुभयो ।


सुरक्षित खानेपानी युक्त घोषणा गर्नका लागि खुला दिशामुक्त क्षेत्र घोषणा, एक घर एक धारा, प्रत्येक घरमा नल्का तथा खानेपानीको सरसफाइ तथा स्वच्छता कायम, खानेपानीको मर्मत सम्भार कोष स्थापना, समुदायमा खानेपानीको मर्मत सम्भार कर्ता, खानेपानी सुरक्षा योजना लगायतका विभिन्न सूचकहरु पूरा गरिएको नगरप्रमुख अधिकारीले बताउनुभयो ।
खानेपानीमा कोलिफर्म र आर्से्निनक नभएको, समुदायलाई खानेपानी गुणस्तर तालिम, नमुना संकलन,सुरक्षा योजना,खानेपानी गुणस्तर अनुगमनपछि सुरक्षित खानेपानी युक्त टोल घोषणा गरिएको उहाँले जनाउनुभयो । “खानेपानी स्वास्थ्यको लागि महत्वपुर्ण छ,सवैले खानेपानीमा विशेष ध्यान दिनुपर्छ,”उहाँले भन्नुभयो “हामी सवै टोल हुँदै नगरपालिका नै सुरक्षित खानेपानी युक्त नगर घोषणा गर्नेछौ, ।”


कार्यक्रममा शिवराज नगरपालिका वडा २ का अध्यक्ष राम बहादुर चौधरीले टोलमा रहेका सवै हेडपम्पहरुलाई परिक्षण गरि ति पम्प वाट आएको पानी पुर्ण रुपमा शुद्ध पाइएपछी घोषणा गरिएको बताउनुभयो । पटक पटक अनुगमन गरि यस टोलमा प्रयोग गरिने खानेपानी नेपाल राष्ट्रिय खानेपानीको मापदण्ड अनुरुप भएको बताउनुभयो । उक्त टोलवाट ७२ घरधुरीका ४ सय ६० जना लाभान्वित हुनेछन् ।मद्रहवा खानेपानी सुरक्षीत उपभोक्त समितिका अध्यक्ष तारादेवी चौधरीले गाउँलाई नमुना बनाउने बताउनुभयो । टोलवासीहरुको सहयोग भएमा सबैकुराले सम्पन्न गरी बाहिरवाट अनुगमन आउनेले मद्रहवाको नाम लिने गरि काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।


एक घर एक नल्का हाम्रो पहिचान,सुरक्षित खानेपानी युक्त समुदाय घोषणा हाम्रो अभियान भन्ने नारा सहित नगरपालिकाले ३२ वटा टोल गठन गरी अभियान संचालन गरेको नगरपालिकाका वास अफिसर राजेश चौधरीले बताउनुभयो । यस अघि प्रदेशकै पहिलो सोहि वडाको चन्दपुर टोललाई सुरक्षीत खानेपानी टोल घोषणा गरीएको थियो । युनिसेफको आर्थिक सहयोग र उत्पीडित समुदाय विकास तथा अनुसन्धान केन्द्र (कोस्डर)को प्राविधिक सहयोगमा सुरक्षित खानेपानी युक्त टोल घोषणा गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma