Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

पदको लोभले पार्टी संकटमा पर्यो :उर्जामन्त्री रायमाझी

उर्जा जलस्रोत सिचाई मन्त्री टोपबहादुर रायमाझीले नेताहरुमा पदको लोभका कारण पार्टी संकटमा परेको बताउनुभयो । अहिलेको सरकारले राम्रा काम गरेका कारण आफुहरु ओझेलमा पर्ने भए भन्ने मानसिकता आएकोले पार्टीलाई संकटमा पु¥याएको बताउनुभयो । कपिलवस्तुको चन्द्रौटामा व्यापार संघ कपिलवस्तुले आयोजना गरेको अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रायमाझीले प्रचण्डलाई प्रधानमन्त्री र माधव नेपाललाई पार्टी अध्यक्षको लोभ लागेकोले पार्टी एकतालाई कायम राख्न नसकिएको बताउनुभयो । सरकारले राम्रा काम गर्दा गर्दै पनि विभिन्न अरोपहरु लगाएर प्रधानमन्त्री पद पाउने आशामा प्रचण्डमा रहेकोले पदको लोभिसँग सगै बस्न नसकिएको बताउनुभयो । ३० वर्ष सम्म पार्टी अध्यक्षको टिका लगाएर अरु कसैलाई अवशर नदिएको भन्दै आफ्नै पार्टीका नेताहरुले सरकार ढाल्न प्रयास गरेका कारण प्रधानमन्त्री ओलीले संसद बिघटन गर्नुभएको बताउनुभयो । पार्टी एकताको पक्षमा आफु सुरुदेखि पटक पटक पार्टी अध्यक्षहरुलाई भेटेर लागेको भएपनि सफल हुन नसककोे बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma