Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

सवारी दुर्घटना न्यूनीकरण गर्न “डमी प्रहरी”

माधव बेल्बासे
चन्द्रौटा,२२ पुस
कालो चस्मा,मास्क, ट्राफिक प्रहरीको पोशाक लगाएको, हातमा सचेतनामूलक सन्देश लेखिएको बोर्ड छोपेर सडकको मध्य भागमा उभीएको एक डमी ट्राफिक, टाढाबाट हेर्दा दुरुस्तै ट्राफिक जस्तो देखिने,लुम्बिनी प्रदेश ट्राफिक प्रहरीले अहिले प्रदेशका विभिन्न स्थानहरुमा दुर्घटना न्यूनीकरण गर्न डमी प्रहरी राख्ने गरेको छ । बुधवार कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटा चोकमा डमी ट्राफिक प्रहरी राखिएको छ ।


डमी प्रहरीको कारण सवारी दुर्घटना न्यूनीकरणका लागि सहयोग पुग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दिलीप कार्कीले बताउनुभयो । डमी देखेपछि ट्राफिक प्रहरी भए जस्तो मानेर सवारी गति कम गर्ने, सिटबेल्ट राख्ने, ट्राफिक नियम पालना हुने कार्कीले बताउनुभयो ।कपिलवस्तुका बिभिन्न ४ स्थानमा डमी राखिएको उहाँले बताउनुभयो । जिल्लाको मुख्य बजार जितपुर,तौलिहवा,गोरुसिगे र चन्द्रौटा चोकमा डमी प्रहरी राखिएको छ । वडा प्रहरी कार्याल चन्द्रौटाका प्रहरी निरिक्षक दिपेश खरेल,नेकपा जिल्ला सदस्य युवा नेता सरोज पौडेल,ओम थापा लगाएत युवाहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma