नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले कपिलवस्तुको विजयनगर गाउँपालिमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाको विजयनगरमा (नेकपा) दाहाल–नेपाल समूहल पक्षिय नेता कार्यकर्ताहरुका लागि पछिल्लो समसामहिक राजनीतिक अबस्थाको बारेमा प्रशिक्षण गराएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा केन्द्रिय सदस्य गिरिधारीलाल न्यौपानेले सस्तो लोकप्रियताका लागी पार्टिले काम गर्न दिएन भन्दै हिडेको बताउनु भयो । जनताको जनमतलाई कुल्चिएर ओलीले असबैधानिक कदम चालेको हुनाले जनताले फेरी आन्दोलन गर्नु पर्ने समय आएको उहाँले बताउनु भयो ।

ओलीले आफुमाथी लागेको राजनितीक आरोपको सफाइ गर्न डराएर संसद विघटन तर्फको कदम बढाएको नेता न्यौपानेले बताउनु भयो ।
त्यस्तै कार्यक्रमलाइ सम्वोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश कमिटी सदस्य वालक राम वुढाले अहिले प्रचण्ड —माधव नेपाल नेकपाको विरुधमा नभइ ओलिको विरुद्धमा सडकमा आएको बताउनु भयो ।

अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंबैधानिक, अलोकतान्त्रिक र सर्वसत्ताबादी भएको भन्दै यसका बिरुद्ध शसक्त भएर लाग्न निर्देशन समेत दिनु भयो नेकपा विजयनगर कमिटिका अध्यक्ष युनिस मनियारको अध्यक्षतामा सम्पन्न अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा नेकपा केन्द्रिय सदस्य गिरिधारीलाल न्यौपानेको प्रमुख आथित्यता रहेको थियो ।

कार्यक्रममा नेकपा लुम्बिनी प्रदेश कमिटि सदस्य अब्दुल रौफ, लुम्बिनी प्रदेश मदरसा बोर्डका  उपाध्यक्ष मौलाना मसहूद खां नेपालीनेकपा शिवराज नगर कमिटिका अध्यक्ष दिनेश पुन , नेकपा विजयनगरका इन्चार्ज अर्जुन सापकोटा ,नेकपा शिवराज नगर कमिटी सचिवालय सदस्य चिन्ता परियार वार्ड कमिटी सबै टोल कमिटीका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु तथा पार्टी संगठित सदस्यहरुको उपस्थिति रहेको थियो ।

0Shares