Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

पत्रकार महासंघ कपिलवस्तुको साधारण सभा : ११ बुँदे घोषणा पत्र जारी

नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको १० औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । जिल्लाको सदरमुकाम तौलिहवामा मंगलबार सम्पन्न साधारण सभाबाट शाखाका विभिन्न सदस्यबाट प्राप्त सुझावको आधारमा शाखाले ११ बुँदे घोषणापत्र जारी गर्दै साधारण सभा सकिएको हो । राज्यको चौथो अंगको रुपमा हेरिने पत्रकारिता क्षेत्रमा आवद्ध पत्रकारहरु सम्बद्ध महासंघबाट पारित घोषणापत्रमा पत्रकारीताका क्षेत्रका बिभिन्न असहजताका बावजुत पनि संचार गृहको दिगो व्यवस्थापन र निरन्तरताका लागि स्थानीयतहरुसंग समन्वय र सहकार्य गर्न नेतृत्व समक्ष जोडदार माग गर्ने उल्लेख छ । जिल्लाका श्रमजिवी संचाकर्मीहरुको न्यूनतम पारिश्रमिक प्राप्त गरे नगरेको अनुगमन र त्यसको विवण तथ्याङ्क अध्यावधिक गर्नु पर्नेमा पनि घोषणापत्रले माग गरेको छ । श्रमजिवी पत्रकार ऐनको पुर्ण कार्यान्वयन गर्दै श्रमजिवी पत्रकारहरुलाई तोकिएको सेवा सुविधा उपलब्ध गराउन सम्वद्ध पक्षसंग पनि भेलाले माग गरेको छ ।
महासंघको बार्षिक साधारणसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ राजनितिक दललाई दायित्व बुझाउन पत्रकारहरुले कलम चलाउनुपर्ने बताउनुभयो । अहिलेको राजनीतिक परिवर्तनमा पत्रकारको महत्वपूर्ण योगदान रहेको भन्दै देशका नागरिकहरुको ईच्छा स्थायित्व रहेकोले यसमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
नेता खनालले देशमा राजनीतिक क्रान्ति सम्पन्न भैसकेको भन्दै अब शान्तिको बाटोमा हिड्नुपर्ने बताउनुभएको छ । देशलाई तीव्र आर्थिक विकासमा लैजानु बाहेक अरु कुनै विकल्प नभएको भन्दै सबैले त्यतातिर ध्यान दिनुपर्नेमा नेता खनालले जोड दिनुभयो । कपिलवस्तुको हकमा विगतमा पत्रकारहरु सख्या न्यून रहेपनि पछिल्लो समय पत्रकारहरुको विकास भएको बताउनुभयो । पत्रकारहरुले पक्षधरता भित्र पनि निष्पक्षता गरि पत्रकारिता पेशालाई मर्यादित बनाउन सुझाव दिनुभयो ।
नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष विपुल पोखरेलले सामाजिक प्रतिष्ठा बचाएर पत्रकारीता गर्न आग्रह गर्नुभयो । समाज रुपान्तरणमा पत्रकारहरुको अहम भुमीका हुने भएकोले पत्रकारीताका माध्यमवाट नागरिकका अधिकारलाई सुनिश्चित गर्न लागि पर्नुपर्ने बताउनुभयो । कपिलवस्तु जिल्लामा पत्रकार महासंघका तीन स्थानमा आफ्नै भवन निर्माण गरी भौतिक संरचनान सम्पन्न भएकोले अब दक्ष पत्रकार उत्पादनमा लाग्नुपर्ने बताउनुभयो । आगामि फागुनमा केन्द्र प्रदेश र जिल्लाको अधिवेशन हुने तयारी रहेकोले यसले कुशल नेतृत्व पाउने बताउनुभयो ।
नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव उदय जि यमले स्वच्छ निस्पक्ष तवरले पत्रकारिता गर्न सुझाव दिनुभयो । पत्रकारहरुले गलतलाई गलत र सहि लाई सहि भन्नुपर्ने भएकोले कुनै प्रलोभनमा परि गलत शन्देस प्रवाह गर्न नहुने जिकिर गर्नुभयो । पत्रकार महासंघका केन्द्रिय सदस्य बसन्त गिरिले पत्रकार महासंघकालाई सुदृढिकरण गर्नुपर्ने बताउनुभयो । निस्कृय रहेका पत्रकारहरुको सदस्यता खारेज गरि नया सकृया पत्रकारहरुलाई दिनुपर्ने बताउनुभयो । पत्रकार महासंघका सचिव हरि अधिकारीले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष दिपक खड्काले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । शाखा अध्यक्ष डिलाराम भुसालले आगामी वर्षको योजना प्रस्तुत गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma