कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १ शिवपुरमा रहेको मनकामना सामुदायिक बन उपभोक्ता समूहले नगरका विभिन्न चोकचोकमा आगो ताप्न भन्दै दाउरा वितरण गरेको छ ।
सामुदायिक वनले चिसो अत्याधिक बढेकोले आगो तापी केही हद सम्म भए पनि न्यायो प्राप्त होस भनि डिभिजन बन कार्यालयको सहकार्यमय दाउरा वितरण गरिएको मनकामना सामुुदायिक बन उपाभोक्ता समूहका अध्यक्ष राम बहादुर के.सी.ले बताउनुु भयो ।
शिवराज नगरपालिकाका करिब १० वटा चोकमा दाउरा वितरण गरिएको छ । मानिसहरुको भिडभाड बढि रहने मुख्य चोकहरुमा दाउरा वितरण गरिएको छ अध्यक्ष के.सी.ले भन्नुु भयो । एकै दिन करिब ५० क्वीन्टल बढि दाउरा वितरण गरिएको मनकामना सामुदायिक वन उपभोक्ता समितिका उपाध्यक्ष भरत पौडेलले बताउनु भयो । शुक्रबार नगरको करैया, खैरी, बेलौति, चन्द्रौटा , वडा प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय अगाडी लगायत विभिन्न १० ओष चोकमा दाउरा वितरण गरिएको अध्यक्ष के.सी.ले बताउनु भयो ।
समुदायमा दाउरा वितरण अझै नपुगेकोलले आगामि दिनमा मौषम हेरीकन दाउरा वितरण गरिने अध्यक्ष के.सी.ले बताउनु भयो ।बत्र

0Shares