Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

संसद विघटनको विरुद्ध अखिल छैठौद्धारा खरेन्द्रपुरमा रांके जुलुश ।।

नवराज पौडेल माघ २ कपिलवस्तु
राष्टिय जनमोर्चाको भातृ संगठन अखिल छैठौले कपिलवस्तुको शिवराज नगरपालीका ३ खरेन्दपुरमा रांके जुलुश प्रर्दशन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि विरोधमा उत्रीएको अखिल छैंठौको केन्द्रीय निर्देशन नगरपालीका ३ खरेन्द्रपुरमा राकेजुलुश प्रर्दशन गरेको छ । राके जुलुश पछि भएको कोण सभालाई संवोधन गर्दै अखिल छैंठौका केन्द्रीय उपाध्यक्ष देवेन्द्र कुंवरले प्रधानमन्त्री ओलीको कदम गैर संवैधानीक भएकाले संसद पुर्नस्थापनाको विकल्प नभएको वताउनुभएको छ ।
उहांले आवश्यक परे विधार्थीहरुले २०६२।६३ को जनआन्दोलन जस्तै प्रर्दशन गर्ने चेतावनी दिनुभएको छ । प्रधानमन्त्री ओलीले नेपाली जनताको मतलाई कुठाराघात गरेको वताउनुभएको हो । कार्यक्रममा अखिलका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष रिषव आर्चायले प्रधानमन्त्रीको कदम विरुद्ध एक हुनुपर्ने वताउनुभएको छ । उहांले सवै विधार्थी संगठनलाई मिलेर प्रर्दशन गर्न समेत आग्रह गर्नुभएको छ ।
राके जुलुशममा अखिल नेपाल टेड युनियन अनटुकका केन्द्रीय सदस्य केयर सिंह अदै , समता समाजका जिल्ला अध्यक्ष झक वहादुर विक , सचिव प्रकास वराल , राजमोका जिल्ला कोषाध्यक्ष चेतनारायण खनाल लगाएतको उपस्थीती रहेको कार्यक्रमको संचालन टिना अदैले गर्नुभएको थियो । कार्यक्रममा सयौ विधार्थीहरुको उपस्थीती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma