Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

कपिलवस्तुमा एकै पटक दुई स्थानमा बीओपी स्थापना

माधव बेल्बासे
चन्द्रौटा, ४ माघ
कपिलवस्तुमा एकै पटक दुई स्थानमा बर्डर आउट पोष्ट (बिओपी)को स्थापना गरिएको छ । जिल्लाको विजयनगर गाउँपालिका १ जवाबैराठ र मायादेवि गाउँपालिका वडा ८ सानो नन्दनगरमा आइतवार सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) किशोर प्रधानले बिओपीको उद्धघाटन गर्नुभएको छ ।


जिल्लाकै विकट क्षेत्रमा पर्ने जवाबैराठमा बिओपी उद्धघाटन गर्दै प्रधानले बिओपीको स्थापनापछि यहाँका जनतालाई पुर्ण सुरक्षित वातावरणको महसुस हुने बताउनुभयो । शान्ती सुरक्षा कायम राख्न बिओपीलाई नागरिकहरुको साथ आवश्यक रहने बताउँदै सीमा क्षेत्रमा हुने अपराधिक गतिबिधिलाई बिओपीले रोक्ने बताउनुभयो ।
सशस्त्र प्रहरी बल नेपाल नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालयका प्रमुख प्रधानले नेपाल सरकारले सिमा नाकामा बिओपी स्थापना गर्ने निर्णय बमोजिम सशस्त्र प्रहरी बलले सम्पूर्ण जिल्लाहरुमा तराई र हिमालका बर्डरहरुसँग जोडिएका जिल्लाहरुमा बिओपी स्थापना गर्दै आइरहेको बताउनुभयो ।


प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले कपिलवस्तु जिल्ला भारतको सिमा नाकासँग ९३ किलो मिटर जोडिएको बताउँदै बिओपी स्थापनाले शान्ती सुरक्षामा सहज हुने बताउनुभयो । सीमामा हुने अपराधिक घटनाहरु चोरी, निकासी, पैठारी लगायत कानुन विपरीतका कार्यहरुलाई नियन्त्रण गर्न सकिने बताउनुभयो ।


कपिलवस्तु जिल्लामा ९ स्थानमा बिओपी स्थापना गरिएको २८ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरिक्षक धुब्र बहादुर कार्कीले बताउनुभयो । स्थापना गरिएका क्षेत्रको अवस्था हेरेर त्यस ठाउँमा जनशक्ति पठाइने उहाँले बताउनुभयो । बिजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बिओपी स्थापना पश्चात अबैद्य, गैरकानुन क्रियाकलापमा कमी आउने विश्वास व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma