राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा शिवराज नगरसमितिको कार्यालय स्थापना गरिएको छ । शिवराज नगरपालिका ५ चन्द्रौटा सहजटोल नजिकै कार्यालय उद्धघाटन गरिएको नगरसमिति अध्यक्ष राम बहादुर रायमाझीले बताउनुभयो । कार्यालय उद्धघाटन गर्दै पार्टीका जिल्ला अध्यक्ष नाारायण सिहले कार्यालय स्थापना पश्चात पार्टी गतिबिधि गर्न सहज हुने बताउनुभयो ।
नगरसमिति अध्यक्ष राम बहादुर रायमाझीको अध्यक्षता, जिल्ला अध्यक्ष नारायण सिह प्रमुख अतिथ्यता,ट्रेड युनियनका केन्द्रिय उपाध्यक्ष राजन अधिकारी, दिनेश थापा,प्युठानका पार्टी जिल्ला उपाध्यक्ष खेमराज आचार्यको सहभागिता रहेको थियो ।

0Shares