Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

बहादुरगंज आखा अस्पतालमा ५० लाखको भवन शिल्यान्यास

माधव बेल्बासे
कपिलवस्तु,६माघ
छन्दकालेबाबु आखा अस्पताल बहादुरगजमा कमर्चारी आवास भवन शिल्यान्यास गरिएको छ । प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहको संसदिय विकास कोष वाट बिनियोजित रु ५० लाखको लागतमा भवन निर्माण हुन लागेको छ ।
मंगलवार संविधान सभा ुसदस्य तथा सल्लाहाकार बुद्धिराम भण्डारीले शिल्यान्यास गर्नुभएको छ । शिल्यान्यास कार्यक्रममा बोल्दै भण्डारीले कर्मचारी भवन नहुदा समस्या हुदै आएकोले यस क्षेत्रका सांसदले रकम बिनियोजित गरेर अस्पतालको सेवामा थप गुणस्तरीयता बनाउन सहयोग गरेकामा धन्यवाद दिनुभयो ।
आखाँ शरिरको महत्वपुर्ण अंग रहेकोले उपचारमा ढिलासुस्ती गर्न नहुने बताउनुभयो । अस्पतालको सेवा प्रवाहमा ढिलासुस्ती गर्न नहुने भन्दै कर्मचारीहरु कटिबद्ध भएर काम गर्न सुझाव दिनुभयो ।
नेत्र ज्योती संघका केन्द्रिय सदस्य कृष्णकुमार गिरिले सांसद विकास कोषवाट बजेट बिनियोजन गरेकोमा सांसद शाहलाई धन्यवाद दिनुभयो । उपचार पद्धतीलाई व्यावस्थित बनाउनुपर्ने बताउँदै सेवा प्रवाहको बारेमय गाउँ गाउँ सम्म सन्देश प्राउन सुझाव दिनुभयो । ८ कोठे कर्मचारी आवास भवन तीन महिना भित्र सम्पन्न हुने निर्माण समितिका संयोजक लिला शाहले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma