Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

कांग्रेस शिवराजद्धारा ११ वटै वडामा विरोध प्रर्दशन ।। (फोटो फिचर सहित )

कांग्रेस शिवराजद्धारा ११ वटै वडामा विरोध प्रर्दशन ।।  (फोटो फिचर सहित )

कृष्ण गैरे , ०८ माघ कपिलवस्तु
नेपाली कांग्रेस शिवराज नगर समीती कपिलवस्तुले नगरका ११ वटै वडामा विरोध प्रर्दशन गरेको छ । संसद विघटनको विरुद्ध देशव्यापी प्रर्दशन गर्दै आएको कांग्रेसले केन्द्रको निर्देशन अनुसार नगरपालीकाको ११ वटै वडाहरुमा विरोध प्रर्दशन गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको कदम विरुद्ध कांग्रेस शिवराजले नगरका प्रत्येक वडामा दुई दुई जना प्रतिनिधि तोकेको थियो ।
वडा न १ मा वडा सभापति चुमान सिंह रोकाको सभापतीत्व र युवा नेता अजय थापाको संयोजकत्वमा र नेता नारायण ज्ञवालीको सहसंयोज्कत्वमा विरोध प्रर्दशन भएको हो । नगर सचिव कृष्ण थापाको संचालनमा सम्पन्न भएको हो । वडा न २ मा सभापति प्रकास न्यापानेको सभापतित्व र पुर्व क्षेत्रीय सभापति भवनराज पौडेललको संयोजकत्वमा विरोध प्रर्दशन भएको कांग्रेस शिवराजले जनाएको छ ।


वडा न ३ र ४ मा वडा सभापति गंगाधर भटटराईको सभापतित्व , महाधिवेशन प्रतिनिधि कृष्ण प्रसाद पौडेल र महाधिवेशन प्रतिनिधि प्यार मोहम्मद मिंयाको संयोजकत्व र सचिव सनिउल्ला धोवीको संचालनमा सम्पन्न भएको हो । खरेन्द्रपुरमा भएको कार्यक्रममा नेपाल विधार्थी संघका जिल्ला सचिव राजु खराल , वडा न ४ का सभापति संदिप यादव लगाएतले संवोधन गर्नुभएको थियो । वडा न ५ मा वडा सभापति देविलाल गैरेको सभापतित्व , जिल्ला सदस्य रामचरित्र मौर्यको संयोजकत्व र क्षेत्रीय सचिव कमल केशिको सहसंयोजकत्वमा कार्यक्रम सम्पन्न भएको नगर सभापति मधुसुदन पोख्रेलले वताउनुभएको छ ।
वडा न ६ मा वडा सभापति राममिलन चौधरीको सभापतित्व , जिल्ला सदस्य हरिप्रसाद पोख्रेलको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको हो । यस्तै वडा न ७ मा वडा सभापति गौरी रैदाशको सभापतित्व , र क्षेत्रीय प्रतिनिधि जमसेर अली मिंयाको संयोजकत्वमा कार्यक्रम भएको छ । वडा न ८ मा गंगाराम क्षेत्रीको सभापतित्व , पुर्व जिल्ला सचिव विनोद नेपालको संयोजकत्वमा विरोध प्रर्दशन भएको नगर सभापति पोख्रलले जानकारी दिनुभएको छ । यता वडा न ९ मा वडा सभापति हरिप्रसाद श्रेष्ठको सभापतित्व , जिल्ला सचिव प्रेम वहादुर रायमाझीको संयोजकत्वमा सम्पन्न भएको थियो ।


विरोध प्रर्दशन पछि भएको शभालाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य अभिषेक प्रताप शाहले प्रधानमन्त्री ओलीको संसद विघटनको कदम असैवैधानीक भएको वताउनुभएको छ । वडा न १० मा वडा सभापति गोपाल वहादुर रायमाझीको सभापतित्व , जिल्ला सदस्य हुमाकान्त खनालको संयोजकत्वमा कार्यक्रम भएको छ ।
यसैविच वडा न ११ मा वडा सभापति नगेन्द्रमान गिरीको सभापतित्व , महासमीती सदस्य ईश्वरी प्रसाद पाण्डेको संयोजकत्वमा र नगर सभापति मधुसुदन पोख्रेलको सहसंयोजकत्वमा कार्यक्रम सम्पन्न भएको छ । शिवराज नगरपालीकामा प्रधानमन्त्री ओलीको कदम विरुद्ध उत्साहमय विरोध प्रर्दशन भएको कांग्रेसले ठहर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma