Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

नेपाल राष्ट्रिय आधारभुुत विद्यालयको वार्षिकोत्सव एवम् पुुरस्कार वितरण सम्पन्न

कपिलवस्तुुको शिवराज नगरपालिकाजीका वडा न १० मा रहेको नेपाल राष्ट्रिय आधारभुुत विध्यालयको ६० औं वार्षिकोत्सव एवम् पुुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा सरस्वती मन्दिरको सिलन्यास समेत भएको छ ।वार्षिकोत्सवका अवसरमा २०७६ को वार्षिक परीक्षामा कक्षा १ देखि कक्षा ५ सम्मका उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीका साथै विभिन्न विधामा उत्कृष्ट छात्रछात्रालाई पुरस्कृत गरेको छ ।पुुरस्कार सगरमाथा वेलफेयर सोसाइटीको आर्थिक सहयोगममा विधार्थीहरुको लागि आवश्यक शैक्षिक सामग्री सहयो गरेको हो।

कार्यक्रममा शिवराज नगरपालीका वडा न ५ कि सोनामति जैसवालको नाम बाट वृद्धभत्ता बाट संकलन भएको रकम बाट विधालयमा अध्यानरत ५७ जना बालबालिकालाई विध्यालयमा नै पुुगेर उहाँका छोरा सुुवास जैसवाले चिसोबाट बच्न न्यानो कपडा वितरण गर्नु भएको थियो ।कार्यक्रममा कार्यक्रममा प्रमुख अतिथीको रुपमा रहनुभएका लुम्विनी प्रदेशका सांसद आर्जुन कुमार के सी ले विद्यालयको भौतिक विकासमा सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुु भयो ।

त्यस्तै कार्यक्रममा शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले मधेसी भेगमा रहेका अन्य विधालयको तुलनामा नेपाल राष्ट्रिय आधारभुुत विध्यालय केहि अग्र पंतिमा रहेको बताउनुभयो ।शिवराज नगरपालिका शिक्षा शाखाका शाखा प्रमुख लोकराज पन्थीले कोरोना कहरका कारणबाट विद्यालय आउन नसकेका विद्यार्थीका लागि नगरपालिकाले स्वाअध्ययन सामग्री वितरण गरेको बताउनुभयो ।

उहाँले शिक्षकहरुलाइ विधार्थीको पठनपाठनमा जोड दिन पनि आग्रह गर्नुु भयो ।यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खनाल खडक धर दुवले विद्यालयको उन्नति प्रगतिमा सबैको साथको अपेक्षा रहेको बताउनुभयो । विधायलाइ यहाँ सम्म ल्याउन सहयोग गर्नु सबैलाई धन्यवाद दिनुभयो ।

विद्यालयका शिक्षक सोमनाथ चौधरी स्वागत , कार्यक्रमको विद्यालयका प्रधानाध्यापक कमल प्रसाद पौडेलले वार्षिक आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन विद्यालय व्यवस्थापन समितिका शिक्षक प्रतिनिधि लक्ष्मी घिमिरेले गर्नु भएको थियो । कार्यक्रममा ज स पा का केन्द्रिय सदस्य रविदत्त मिश्र, शिवराज नगरपालीका वडा न १० का वडा अध्यक्ष मञ्जुु मिश्र , वडा सदस्य ,विधालय ब्यावस्थापन समितिका सदस्यहरु सगरमाथा वेलफेयर सोसाइटीका अध्यक्ष नेत्र बेल्बासे , युवा वेवसायि सुरेस जैसवाल, अभिवावक लगायतको सहभागित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma