Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

मनकारी आमा : वृद्धभत्ताले विद्यार्थीलाई स्वीटर

माधव बेल्बासे
कपिलवस्तु चन्द्रौटा,१३ माघ
७० वर्ष पुरा भएका वृृद्धवृद्धालाई जिविको पार्जनमा सहज होस भन्ने उद्देश्यले सरकारले मासिक तीन हजार दिने गर्दछ । अधिंकाश वृद्धवृद्धाले यो रकमलाई दैनिकिको खर्चमा प्रयोग गर्दै आएका छन् तर कपिलवस्तुको शिवराज नगरपालिका वडा ५ चन्द्रौटा निवासी ७५ वर्षीय सोनमती जयसवालले भने आफुले पाउने वृृद्धाभत्ता वर्षेनी सामाजिक क्षेत्रमा सहयोग गर्दै आउनुभएको छ । गत वर्षको रकमले साधुसन्तहरुलाई कम्बल बितरण गर्नुभएको थियो भने यस वर्ष भने आधारभूत विद्यालयमा अध्यानरत विद्यार्थीहरुलाई न्यानो कपडा बितरण गर्नुभएको छ ।
मंगलवार शिवराज नगरपालिका १० शितलापुरमा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा अध्यानरत ५७ जना विद्यार्थीलाई न्यानो स्वीटर बितरण गर्नुभएको हो । निम्न वर्गका विद्यार्थीहरुलाई न्यानो कपडा वितरणले उनीहरुलाई विद्यालय आउन सहज हुने विश्वास रहेको छ । “मेरो भत्ता वापतको रकम जम्मा गरेर सामाजिक क्षेत्रमा खर्च गर्ने मन थियो, त्यहि अनुसार विद्यार्थीलाई सहयोग गरे जयसवाल भन्नुभयो, “विगतमा पनि विभिन्न ठाउँमा सहयोग गरेकि छु,।”
विद्यालयको वार्षीक उत्सवको अवशरमा न्यानो स्वीटर बितरण गरिएको हो । बितरण कार्यक्रममा प्रदेशसभा सदस्य अर्जुन कुमार केसीले वृद्धाभत्ता वापतको रकम बचाएर सामाजिक क्षेत्रमा खर्च गरेकोमा धन्यवाद दिनुभयो । सामाजिक क्षेत्रमा संक्रिय रहनुभएको जयसवालले विद्यालयमा अध्यानरत विद्यालयलाई सहयोग गरेकोमा विद्यालयका प्रअ कमल पौडेलले धन्यवाद दिनुभयो । विद्यार्थीहरुले न्यानो स्वीटर पाएपछि खुसि भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma