Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

थारु खुटाना पटिडारीद्वारा बयोबृद्ध र उत्कृष्ट विद्यार्थीलाई सम्मान ।।

राम अवतार चौधरी
कपिलवस्तु, १८ माघ ।

कपिलबस्तुको बुद्धभूमि नगरपालिका–४, मोर्मामा बडलपुरा खुटाना पटिडारी परिवारद्वारा बयोबृद्ध र उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरिएको छ । खुटाना पटिडारी परिवारले बयोबृद्ध र पटिडारी भित्रका आधारभुत तह, एसईई र १०ं२ तहमा उत्कृष्ट अङ्क ल्याउन सफल विद्यार्थीलाई विहिबार एक कार्यक्रमका बीच सम्मान गरिएको जनाइएको छ ।

कार्यक्रममा परिवारका अभिभावक बयोबृद्ध मोर्माका ८० बर्षिय राजाराम थारु, सगरहवाका ७९ बर्षिय जोखु थारु, गोरुसिङ्गेका ७८ बर्षिय लौटी थारु र सगरहवाका ७५ बर्षिय हर्जी थारुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यस्तै परिवार भित्रका उत्कृष्ट अंङ्क ल्याउन सफल १०ं२ तह मोर्माका छात्र विजय थारु र कोपवाका छात्रा चाहना थारु सम्मानित भएका थिए ।

त्यसैगरी एसईई तर्फबाट बैदौलीका छात्र अयज थारु र मोर्माका छात्रा श्रृष्टि थारु र आधारभूत तह उत्तिर्ण गरेका छात्रा कोपवाका बन्दना सिंह डंगोरिया र बदलपुराका छात्र पुष्टम थारुलाई शैक्षिक समाग्री र खाँदा ओढाएर सम्मान गरेको बडलपुरा खुटाना पटिडारीका अध्यक्ष महादेव थारुले बताए । उनले परिवारिक एकता, पारस्परिक सद्धभाव र थारु समुदायको मौलिक पहिचान संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले आफुहरुले खुटना परिवारिक कार्यक्रम गर्दै आएको उनले जानकारी दिए ।

बडलपुरा खुटाना पटिडारीका अध्यक्ष थारुले सम्मान कार्यक्रमले अझ परिवार भित्र एकजुट गर्न मद्दत गर्नुको साथै बालबालिकाहरुमा हौसला र प्रोत्सहन हुने समेत बताए । थारु अगुवा तथा समाजसेवी खुटाना पटिडारीका अध्यक्ष महादेवले विगत ४ बर्ष देखिको खोज अनुसन्धन पश्चत आफुहरुले कुल १ सय २६ घर खुटान पटिडारी पत्ता लागेको बताउँदै हाल सम्म आफुहरुले कोपवा, बैदौली, हरनामपुर, सगरहवा, गोरुसिंगनी, गोरुसिंगिया, मोर्मा, बदलपुरा, गजेहडा, ठाँटी गाउँमा खुटाना पटिडारी आफुहरुको सम्पर्कमा आएको जानकारी दिँदै आफुहरुले खुटना परिवारलाई जोड्दै जाने उनले बताए ।

त्यसैगरी खुटाना पटिडारीका सचिव भभूते प्रसाद थारुले यस बडलपुरा खुटाना पतिदारी कुल पुजा, पितृ सम्मान एवं भेटघाट कार्यक्रमले परिवार भित्र एक जुट हुने बताए । उनले हामीले यस खुटना पतिडारीका सदस्यहरुमा एक जुट हुनको लागि नियमित बैठक बस्नुको साथै मसिक बचत संकल गर्दै आएको सचिव थारुले जनाए । उनले परिवार भित्र आर्थिक रुपमा विपन्न परिवारलाई सहयोग गर्दै आएको र ऋण लगानी समेत गरेको जानकारी दिए । सचिव थारुले आफुहरुले प्रत्येक बर्ष माघ पूर्णिमाको दिन यो कार्यक्रम आयोजना गर्ने गरेको बताउँदै थारु संस्कृतिक कार्यक्रम समेत गरेको बताए । उनले पछि थारु समुदायको भाषा पहिचान र संस्कार संस्कृतिहरुको बारेमा हाम्रो आउने पुस्ताहरुलाई सिकाउँदै आएको जानकारी समेत दिए ।

उक्त कार्यक्रम बलडपुरा खुटाना पटिडारीका अध्यक्ष महादेव थारुको अध्यक्ष, उपाध्यक्ष बलराम थारुको स्वागत र सचिव भभूते थारुको संचालनमा सम्पन्न कार्यक्रममा पटिडारीका सल्लाहकार बुधई थारु, हाकिम थारु, रामसमुझ थारु, कल्लू थारु, मधव थारु, ज्ञान बादुर थारु, गुलावी थारु, सरिता थारु लगायतले यस किसिमको कार्यक्रम हुन आवश्यक रहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma