Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

थारु कल्चरल “विनती“ म्युजिक भिडिया सार्वजनिक ।।

राम अवतार चौधरी
कपिलवस्तु, १८ माघ ।

थारु परम्परागत तथा साँस्कृतिक रूपले भरिपूर्ण रहेको “विनती“ बोलको म्युजिक भिडियो एन डि स्टुडियोबाट सार्वजनिक भएको छ । थारु समुदायको पुर्खौली चाल चलन र पहिरनलाई समेतिएको थारु भाषामा रहेको कल्चरल म्युजिक भिडियो शुक्रबार सार्वजनिक भएको गायक कृसु चौधरीले जानकारी दिए ।

सो गीत कपिलवस्तुका गायक कृसु चौधरी र अन्नु चौधरीको सुमधुर स्वरमा सजिएको आवाजमा गीतकार तथा संगीत स्वयं क्रिसु चौधरीले दिएका छन् । संगीत संयोजन विशाल निरौलाले गरेका छन् भने गीत अलङ्कार डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको कलाकारले बताए । “विनती“ म्युजिक भिडियोको पर्दामा मुख्य अभिनयको रूपमा प्रिन्स यकिन र अनुप महतोलाई देख्न सकिन्छ । यस्तै स्वयं प्रिन्स यकिनले निर्देशन गरेका छन् । छायांकन भने एन डि स्टुडियोका प्रोपोराइटर पतिराम थनेट र विजय महतोको रहेको छ भने सम्पदान पनि पतिराम थनेटले गरेको स्टुडियोले जनाएको छ । पछिल्लो समय थारु कलाकारिता जगत निकै फड्को मार्दै लगभग दिनँहू एउटा दुई वटा म्युजिक भिडियो सार्वजनिक हुँदै आएको राष्ट्रिय थारु कालकार संघ कपिलवस्तु जिल्ला अध्यक्ष श्याम सिटीले जनाए । थारु कलाकारिता जगत विकास हुनु राम्रो भएको जनाउँदै एकरुपता ल्याउन समेत जरुरी रहेको उनले बताए ।

उक्त भिडियोका कोर्सको रुपमा रुपन्देही झण्डाका स्थानिय कलकारहरुले अभिनय गरेको गायक कृसुले जनाए । यस म्युजिक भिडियोले छिट्टै नै दर्शक स्रोताहरूको बीच लोकप्रिय भई आम नेपालीको मन जित्ने “विनती” टिमले विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma