नेपाल कम्युुनिष्ट पार्टी नेकपाका युुवा नेता सरोज पौडेलले प्रधानमन्त्रीले संसद बिघटन गरेको कदम गलत भएको बताएका छन् । शिवराज नगरकमिटिका सचिवालय सदस्य समेत रहेका पौडेलले सामाजिक संजाल मार्फत प्रधानमन्त्रीले गरेको कदम गलत रहेको बताएका छन् । केपी ओली पक्षमा खुलेर लागेको पौडेल अब प्रचण्ड माधव पक्ष तर्फ लाग्ने अनुमान गरिएको छ । प्रधानमन्त्रीले गलत काम गरेका कारण नागरिकहरुले त्यसको बिरोधमा उत्रिएको शिवराज नगर कमिटि अध्यक्ष दिनेश पुुनले बताउनुुभयो ।
शिवराज नगरपालिकामा रहेका ओली पक्षको नेताहरु क्रमश प्रचण्ड नेपाल पक्षमा आउने तयारी भइरहेको स्रोतले जनाएको छ । पूर्व एमालेका क्षेत्र बहादुर खत्री,लंक हमाल,मिना परियार लगाएतका नेता खुलेरै प्रचण्ड नेपाल पक्षमा देखिएका छन् । सरोज पौडेल पनि अब प्रचण्ड नेपाल पक्षमै रहेको एक नेताले बताए । पौडेलले फेसबुकमा राखेको उक्त पोष्टको प्रतिकृयामा अधिंकाशले गलत कदमकोे बिरोध गर्नुपर्ने बताएका छन् ।

0Shares