काठमाडौं । संसद विघटनको विरोधमा नेपाली कांग्रेसले आज देशभर प्रदर्शन गर्दै छ ।तेस्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत आज कांग्रेसका सबै भ्रातृ संगठनहरुले ७७ वटै जिल्लामा संयुक्त रुपमा विरोध प्रदर्शन गर्न लागेका हुन् ।

राजधानी काठमाडौंमा दिउँसो १ बजे शान्तिवाटिकामा प्रदर्शन हुने छ । मध्याह्न १२ बजे त्रिचन्द्र क्याम्पसबाट जुलुस निकालेर शान्तिवाटीकामा विरोधसभामा परिणत हुने कांग्रेस काठमाडौंले जनाएको छ ।यही माघ १३ गते बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले तेस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो । आन्दोलनका कार्यक्रमअनुसार २४ गते शुभेच्छुक संगठनले प्रदर्शन गर्नेछन् । यसैगरी फागुन ३ गते जिल्ला कार्यसमितिले ७७ जिल्लामा प्रदर्शन र सभाहरु गर्ने नेपाली कांग्रेसले जनाएको छ ।

0Shares