Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

शिवराजमा खेल महोत्सव सुरु,३९ खेलमा ११२५ खेलाडी सहभागी

माधव बेल्बासे
कपिलवस्तु चन्द्रौटा,२२ माघ


कपिलवस्तुको शिवराज नगरपालिकामा आज बाट खेल महोत्सव सुरु भएको छ । ३९ प्रकारका खेलामा ११२५ जना खेलाडी सहभागि भएका छन् । राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा ३४ र मेयर उपमेयर कप तर्फ ५ प्रकारका खेलाहरु आयोजना हुने जनाइएको छ ।
खेलमा शिवराज नगरपालिकाको आधार कृषि उद्योग पर्यटन र पूर्वधार,स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मूल नारा सहित खेल महोत्सव आयोजना गरिएको हो । खेलको उद्धघाटन गर्दै शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले खेलाडीले राष्ट्रको नाम राख्न सक्ने भएकोले शिवराज नगरपालिकाले खेललाई प्राथमिकताका दिएको बताउनुभयो । विगतका वर्षहरु पनि खेल आयोजना भएको बताउँदै थप व्यावस्थित सहित यो वर्ष एक हप्ता सम्म सम्म खेल महोत्सव आयोजना गरिएको बताउँनुभयो । खेलकुद प्रतियोगिताले युवायुवतीहरुलाई दुव्र्यसनि वाट हटाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुृभयो । नगरप्रमुख अधिकारीले धेरै खेलहरु रहेकोले नियममा रहेर खेल खेल्न खेलाडीहरुलाई आग्रह गर्नुभयो । खेलाडीहरुलाई प्रोत्साहन गर्न नगरपालिका तयार रहेको बताउँदै नगरका खेलाडीलाई प्रदेशस्तरका खेलहरुमा सहभागि गराउनुपर्नेमय जोड दिनुभयो ।
खेल महोत्सवमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा भलिबल,एथलेटिक्स,कराते लगायताका प्रतिस्पर्धा विद्यालय स्तरिय रहने शिवराज नगर खेलकुद विकास समितिका संयोजक नेत्र बेल्वासेले बताउनु भयो ।यस्तै मेयर कप प्रतियोगिता तर्फ फुटबल, भलिबल र क्रिकेट प्रतियोगिता हुनेछ भने उप मेयर कप तर्फ ,महिला फुटबल, र महिला कराते प्रतिस्पर्धा रहने संयोजक वेल्वासेले बताउनु भयो । राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा १५ विद्यालयको सहभागित रहनेछ भने मेयर उपमेयर कप तर्फ फुटबलमा १३ र क्रिकेटमा ७ टिम दर्ता भएको बेल्बासेले बताउनुभयो । खेल महोत्सव माघ ३० गते समापन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma