कपिलवस्तुको शिवराज नगरपालिकाको आयोजनामा भएको महोत्सवमा आज मैत्रीपूर्ण फुटबल प्रतियोगितमा सम्पन्न भएको छ । शिवराज नगरपालिकाका कर्मचारीहरुको दुई समुहले हार व्यहोरेका छन् पहिलो खेलमा शिवराज नगरपालिकाका शिक्षकहरुले कर्मचारी समुह ए लाई एक गोलले पराजित गरेका हुन भने दोस्रो खेलमा शिवराज नगरपालिकाका कर्मचारी समुह बि लाई शिवराज नगरपालिकाका पत्रकारहरुले दुई गोल गरी कर्मचारीलाई हराएका छन् ।

खेल महोत्सवमा राष्ट्रपति रनिङ शिल्ड अन्त्र्गत ३२ खेल सम्पन्न भएका छन् जसमा १२ वटा खेलमा राष्ट्रमावि चन्द्रौटा, ७ वटा खेलामा समयथान मावि खरेन्द्रपुर ,६ वटा खेलमा नेपाल आर्दश शिवपुर, ५ वटा खेलमा प्रकाश मावि सुन्दरीडाडा र १ वटा खेलमा सरस्वती मावि बानियाभार र एउटा खेलमा सनराइज वोडिङ स्कुलले जित हासिल गरेका छन् ।
त्यस्तै मेयक कप अन्तर्गत भलिवल र किृकेट खेल सम्पन्न भएको खेलकुद विकास समितिका संयोजक नेत्र बेल्बासेले बताउनुभयो । दुबै खेल राईजिङस्टर युवा क्लब चन्द्रौटाले जितेको छ । मेयर कप फुटवल बाकि रहेको जनाइएको छ । उपमेयर कप अन्तर्गत कराते र महिला फुटबल जारी रहेको उहाँले बताउनुभयो ।

0Shares