Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

नेकपा एकता अभियानको जिल्ला ईन्चार्जमा पौडेल चयन,को को भए केन्द्रिय सदस्य?

नेकपा राष्ट्रिय एकता अभियान कपिलवस्तु जिल्ला ईन्चार्जमा जिवलाल पौडेल चयन हुनुभएको छ । केन्द्रीय सदस्य समेत रहनुभएका पौडलको नेतृत्वमा कपिलवस्तुवाट १८ जना केन्द्रिय सदस्यमा चयन भएका छन् । जसमध्ये लंक हमाल,उमानाथ पौडेल ,गिता अन्जान,रुपेश श्रेष्ठ,कमल अर्याल,कृष्ण भट्टराई,छवि रेश्मी मगर , ताराजन घिमिरे, दिनेश बन्जाडे, दोलख पछाइ, द्रोण पछाइ, पुनाराम अर्याल, फैजल खान , मिनराज बेल्बासे,मेघलाल थारु, मोहन रिजाल,शंकर पाण्डे चयन हुनुभएको छ ।
वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानको केन्द्रीय समन्वय समिति र केन्द्रीय कार्यसम्पादन समितिलाई अन्तिम रूप दिएको छ । सहसंयोजकमा हरि पराजुली रहेका छन् भने सचिवमा बाबुराम थापा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma