जनता समाजवादी पार्टी नेपाल कपिलवस्तु जिल्ला समिति उपाध्यक्ष तथा रेडियो शिवराजका सचिव रामनिवास पुरीलाई मातृ शोक परेको छ । पुरीकी आमा माधुरी गोसाईको बुधबार ६७ वर्षको उमेरमा निधन भएको हो । गोसाईको निधन प्रति जसपा कपिलवस्तुले शोक प्रकट गरेको छ । जसपा जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवले एक शोक विज्ञप्ति जारी गर्दै उहाँको निधन प्रति समवेदना प्रकट गर्नुभएको हो । स्वर्गीय गोसाई प्रति श्रद्धान्जली प्रकट गर्दै मातृ शोक पर्ने जिल्ला उपाध्यक्ष पुरी लगाएत उहाँको परिवारजनमा समवेदना प्रकट गरिएको जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

0Shares