बडा प्रहरी कार्यालय चन्द्रौटाले कपिलवस्तुको शिवराज नगरपालिका २ हल्लानगरबाट भारतिय अबैध बोइलर कुुखुरा बरामद गरेको छ । १ सय ९ वटा दुई क्विन्टल भारतबाट ल्याइएको कुखुरा बरामद गरीको हो । बजार मुल्य अनुसार रु ५० हजार बराबरको अबैध बोइलर कुखुरा बरामद गरिएको हो । प्रहरी टोली गस्ती गएको समयमा आज विहान हल्लानगरको सुरही पुल नजिकैबाट बोइलर कुखुरा बरामद गरिएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक दिपेश खरेलले जानकारी दिनुभयो । पछिल्लो समय भन्सार छलेर नेपालमा प्रतिबन्धीत भारतीय कुखुरा ल्याउने क्रम बढेपछी प्रहरीले सक्रीयता बढाएको छ । स्थानिय कुखुरा फारम संचालकले भारतिय कुखुराको अवैध ओसार पसरा बढ्दा स्थानिय रुपमा उत्पादन भएका कुखुराको बजार मूल्य नपर्ने गुनासो बढेकोले निगरानी कडा बनाइएको प्रहरीले जनाएको छ । बरामद अबैध भारतीय कुखुरा स्थानियको रोहबरमा वडा प्रहरी कार्यालयको परिषरमा खडल खनी नष्ट गरिएको छ । प्रहरीलाई देखेर कुखुरा ल्याउने व्यक्ती भागेको प्रहरीले जनाएको छ

0Shares