सरकारले असंबैधानिक रुपमा रुपमा संसद विगठन गरेको भन्दै यसका विरुद्ध कपिलवस्तुका राजनैतिक दल एकढिक्का भएका छन् । सरकारले गत पुस ५ गते गरेको संसद विगठन प्रतिगमनकारी भएको भन्दै यसको विरुद्ध संयुक्त आन्दोलन गर्ने भएका हुन् । नेकपा कपिलवस्तुले आयोजना गरेको प्रतिगमनका विरुद्ध सर्वदलिय बैठकमा बोल्ने शिर्ष नेताहरुले संसद पुनस्थापनाका लागि संयुक्त सघंर्षको आवश्यकता रहेको जनाएका छन् ।

कार्यक्रममा बोल्दै नेकपा जिल्ला अध्यक्ष विष्णु पन्थी, नेपाली कांग्रेस महासमिती सदस्य दुर्गा बहादुर सेन, जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य विष्णुहरि शर्मा, केन्द्रिय सदस्य नारायण खनाल, अखिल नेपाल किसान महासंघ केन्द्रिय उपाध्यक्ष शिव पौडेल, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष दधिराम आचार्य, नेकपा मसालका जिल्ला प्रवक्ता छविलाल गैरेले प्रधानमन्त्री ओलीले संसद विगठन गरी संबिधान र त्यसले अंगिकार गरेका प्रणालीमाथि प्रहार गरेको, यसले देशमा राजनैतिक र संवैधानिक संकट निम्त्याएको भन्दै संयुक्त संघर्षको विकल्प नरहेको बताउनुभयो ।
यसका साथै सर्वदलिय बैठकले एक संयुक्त विज्ञप्ती जारी गर्दै सरकारको प्रतिगमन र असंबैधानिक कदमप्रति संयुक्त संघर्ष गर्ने जनाएको छ ।

नेकपा जिल्ला अध्यक्ष विष्णु पन्थी, नेपाली कांग्रेस महा समिती सदस्य दुर्गा बहादुर सेन, जनता समाजवादी पार्टी जिल्ला अध्यक्षद्धोय कैलाश अग्रहरी, शैलेन्द्र यादव, राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष दधिराम आचार्य र नेकपा मसालका जिल्ला प्रवक्ता छबिलाल गैरेद्धारा जारी संयुक्त विज्ञप्तीमा सरकारले संसद विगठन गरेर असंबैधानिक कदम चालेको भन्दै यसका विरुद्ध संयुक्त आन्दोलन गर्ने उल्लेख छ ।यस्तै राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको सवालमा समेत सरकार जनताप्रति उत्तरदायी बन्न नसकेको संयुक्त राजनैतिकदलको ठहर छ ।
संसदले आफ्नो पुरा आयु बाच्न पाउनुपर्ने र संसदको हत्या गरेर अरु केहि गर्न खोज्नु नाटक मात्र भएको भन्दै संसद पुर्नस्थापनका लागि जिल्लाका सम्पूर्ण राजनैतिकदलहरु शान्तीपूर्ण संघर्षमा होमिने र संयुक्त आन्दोलनका लागि केन्द्रलाईपनि आहवान गर्ने विज्ञप्तीमा उल्लेख छ 

0Shares