Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

जनता समाजवादी पाटीद्धारा बिजयनगरमा बिरोध सभा

जनता समाजवादी पाटीद्धारा कपिलवस्तुको बिजयनगरमा बिरोध सभा सम्पन्न भएको छ । प्रधानमन्त्री,राष्ट्रपतिले गरेको असैधानिक कदमको बिरुद्धमा गरिएको विरोध सभामा बोल्ने बक्ताहरुले जनताले दिएको बहुमत नेकपलाई पच्न नसकेको बताएका छन् । सभालाई सम्बोधन गर्दै बोल्ने वक्ताहरुले पार्टीको आन्तरिक विवादलाई लिएर संसद विघटन गर्नु प्रधानमन्त्रीको गलत कदम भएको बताएका थिए ।
जसपाका नेता रामनिवास पुरीले नेकपाको सरकारले विकासको काम गर्न नसकेको बताउनुभयो । नागरिकहरु परिर्वतन र विकास चाहेको भएपनि त्यसो अनुसार काम नहुदा जनतामा निराशा छाएको बताउनुभयो । पार्टी भित्रको विवाद मिलाउन नसकेकोले अहिले भेला र गुटको खेती गर्नमै नेकपाका नेताहरु व्यस्त रहेको बताउनुभयो । कोरोनाको महामारीमा जनतालाई कसरी बचाउने भन्नेमा सरकारले ध्यान दिन नसकेको बताउनुभयो । कार्यक्रममा रामप्रकाश चौधरी,बालजी चौधरीले मन्तव्य दिनुभएको थियो । सन्तराम तेलीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन अशोक जयसवालले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma