Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

एसियन लाईफद्वारा मृतक परिवारलाई दावी भुक्तानी ।।

राम अवतार चौधरी
कपिलवस्तु, १२ फागुन ।

थोरै थोरै रकम बचत गरि भविष्य बनाउने सपना कसको नहोला र सपना सबैको हुन्छ तर गर्ने कोहि मात्र हुन्छन् । भनिन्छ “जहाँ इच्छा त्यहाँ उपाय” यहाँ निर यो उखान पूर्णता पाएको देखिन्छ । यस्तै दैनिक मजदुरी गरि गुजारा चलाईरहेका सामान्य परिवारका एक हुन स्वर्गीय हाउ थारु ।

कपिलवस्तु शिवराज–२, चैनपुर घर भएका हाउ थारुले आज भन्दा ३ बर्ष अगाडि मजदुरी गरि जम्मा गरेको पैसाले एसियन लाईफ इन्स्योरेन्समा चन्दौटा शाखाद्वारा सुनिता कुमारी जिसी मार्फत २ लाखको एसियन सावधिक जीवन बीमा गरेका थिए । गत माघ १ गते साभmा हाउ थारुको सवारी दुर्घटना भई मृत्यु भयो । यस्तै अनिश्चित्ता बहन गर्न हरेक व्यक्तिलाई जीवन बिमा आवश्यक रहेको बीमा अभिकर्ता बताउँछन् । दुर्घटना हुनु आफैमा एक दुःखदपूर्ण अवस्था हो । कसको जीवनमा कति खेरा कस्तो समय आई पुग्छ भन्न सकिन्न तर दुःखद घडिमा मल्हम पत्ति भने अवश्य गर्न सकिन्छ । जो अहिले मृतक व्यक्तिलाई फर्काएर ल्याउन नसके पनि एसियन लाईफ इन्स्योरेन्स कम्पनीले कपिलवस्तुका एक मृतक परिवारलाई मृत्यु दावी भुक्तानीको रकम उनकी श्रीमति कुकरी चौधरीलाई चेक हस्तान्तरण गरेको छ ।

मृतक थारुले विमा गर्दा इच्छाइएका व्यक्तिमा उनकी श्रीमती चौधरी थारुलाई राखेका थिए । हाल सम्म उनी ३ किस्ता तिरेको कम्पनीले बताएको छ । एसियन लाईफ इन्स्योरेन्सका विभागिय प्रबन्धक कृष्ण कुमार पुरी, क्लेम हेड सुदिप पाण्डे, एसियन लाईफ इन्स्योरेन्स चन्द्रौटा प्रमुख बाबुराम घिमिरे लगायतको टोली मृतक परिवारको मंगलबार घरमै पुगी मृतकको श्रीमति कुकरी चौधरीलाई ४ लाख २५ हजार २ सय रुपैया रकम बराबरका चेक हस्तान्तरण गरेको एसियन लाईफ इन्स्योरेन्स चन्द्रौटा प्रमुख घिमिरेले जानकारी दिए ।

मृतक परिवारलाई चेक हस्तान्तरण गर्दै टोलीले सबैको जीवन बीमा गर्न आवश्यक रहेको जनाउँदै भविष्यको लागि बलियो आधार बन्ने समेत जनाएको छ । सानो सानो रकमले भैपरि आउने जोखिमलाई बहन गर्दै जीवन बीमा सारर्थी बन्नमा अति नै महत्वपूर्ण हुने बताईएको छ । मृतकका परिवारले चेक ग्रहण गर्दै जीवन बीमाको महत्व महसुस भएको पारिवारिक स्रोतले बताएको छ । थोरै रकमको भए पनि ठूलो राहत मिलेको जनाउँदै बीमा भनेको अनिश्चित्ता र भबिष्यको बलियो आधार बन्ने समेत स्रोतले बताएको छ । हाल सम्म मृतकका परिवारमा ४ वटा छोरी र उनकी श्रीमती गरि ५ परिवार रहेको पारिवारीक स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma