Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

संसद पुनस्थापना भएपछि चन्द्रौटामा खुसियाली

संसद पुनस्थापना भएपछि ठाँउठाँउमा खुसियाली मनाइएको छ । ठुलो विपत्तिबाट देश बचेको भन्दै नागरिक समाज, नेकपा प्रचण्ड–नेपाल समूह ,नेपाली काँग्रेस जनता समजवादी,जनमोर्चा लगाएतका दलहरुले खुसीयाली मनाइरहेको छ । कपिलवस्तुको चन्द्रौटामा बुधवार साझ दिप प्रजव्लन गरि खुसियाली मनाइएको छ ।


उक्त कार्यक्रममा नेकपाका प्रदेश कमिटि सदस्य बालकराम बुढाले जनताको जित भएको बताउनुभयो । संविधानलाई कुल्चीन खोज्ने केपि ओली अब प्रधानमन्त्री पदबाट राजिनामा दिनुपर्ने बताउनुभयो । लामो संघर्ष पछि देशमा स्थायीत्व हुने आशमा रहेका जनतालाई ओलीले नराशा पारेको बताउनुभयो । नेपाली काग्रेसका जिल्ला सचिव प्रेम बहादुर रायमाझीले अदालतप्रति जनताको विश्वास झनै बढेको बताउनुभयो । प्रधानमन्त्रीले गरेको कदमको दशैभरी बिरोध भइरहेकोले अब न्यायको जित भएको जनाउनुभयो ।
कार्यक्रममा नेकपा नेतृ मिना परियार सन्तोषि पाण्डे,नेपाली काग्रेसका नेता हुमाकान्त खनाल,अजय थापा,जनता समाजवादी पार्टीका नेता रविदत्त मिश्र,रहिस शाह,नेकपा एकता अभियानका बेगम विक,जनमोर्चाका केयर सिह अदै लगाएतले मन्तव्य राखेका थिए ।
नेकपाका युवा नेता सरोज पौडेलको संचालनमा भएको कार्यक्रममा बोल्ने अधिंकाश वक्ताहरु संविधानको रक्षाको लागि सबै पार्टी एक भएर आन्दोलन गर्नुपर्ने जनाएका थिए ।
सर्वोच्च अदालतले हिजो संसद विघटन गर्ने निर्णय बदर गर्न आदेश दिएको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले संसद विघटन बदर गर्ने आदेश दिएको हो । आदेशमा १३ दिनभित्रै संसद अधिवेशन बोलाउन पनि भनिएको छ । गत ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक ढंगले संसद विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए र राष्ट्रपति भण्डारीले तत्कालै सिफारिसबारे निर्णय गर्दै मध्यावधि निर्वाचनको मिति समेत तोकेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma