Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

सागिंतिक क्षेत्रमा जम्दै निश्चल

नवराज पौडेल,
कपिलवस्तु,१५ फागुन
कपिलवस्तुको शिवराज नगरपालिका ४ बनकट्टी निवासी मोहन पन्थी (निश्चल) सांगितिक क्षेत्र लोकप्रिय बन्दै गएका छन् । चन्द्रौटामा क्षेत्रमा व्यावसाय गर्दै आएका पन्थी पछिल्लो समयमा विभिन्न गितमा गरेका अभिनयले दर्शकहरुको पुर्ण साथ पाएका छन् । पन्थीलाई सामाजिक संजाल,तथा युुटुुबमा राम्रो चर्चा कमाएका छन् ।
उनले अभिनय गरेको स्वर्गद्धारी वैशाखे मेलामा,राप्ती पुुल बोलको गितले उनलाई सागितिक क्षेत्रमा झनै अब्बल बनाएको छ । दर्शकहरुवाट सकारात्मक प्रतिकृयाहरु आउने गरेको पन्थी बताए । सांगितिक क्षेत्रमा काम गर्न केहि समस्या रहेपनि दर्शकहरुको माया पाएमा हौसला बढने उनले बताए ।


कपिलवस्तुका उदयमान मोडलका रुपमा चर्चित रहेका पन्थीको अभिनय रहेको हाम्रो चोखो मायामा दाग किन लायौ प्रिय बोलको आधुनिक गित भरखरै बजारमा आएको छ । छोटो समय मै चर्चा कमाउन सफल नव प्रतिभा नव मोडल पन्थीले यस अघि लोक दोहोरी तथा आधुनिक गितमा गरि करिव २० वटा गितमा मोडलिङ गरेका छन । पन्थी कराते खेल तथा जिम्न्यास्टिक मा समेत एउटा छुटै पहिचान बनाउन सफल भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma