Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

नेपाल घरेलु तथा साना उद्योग महासंघको अध्यक्षमा गहतराज चयन


माधव बेल्बासे
चन्द्रौटा,कपिलवस्तु १५ फागुन
नेपाल घरेलु तथा साना उद्योग मंहासघ शिवराज नगरसमितिको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले अध्यक्षमा कपल गारमेन्टका संचालक संजिव गहतराजलाई चयन गरेको छ ।जसको वरिष्ठ उपाध्यक्षमा सुनिल गैरे,उपाध्यक्षमा अन्जु थापा , रेस्मा पाण्डे ,सचिव दिनेस खाती , कोषाध्यक्ष रिसि केस ,सदस्यमा,प्रकाश चौधरी ,शिबम सुनार ,पदम पौडेल ,मनिस बन्जाडे, गिता पौडेल,मनिस पोख्रेल लगायत १५ सदस्य चयन गरिएको छ ।त्यस्तै सल्लाहकार संयोजकमा सृजन पोख्रेल निर्बिरोध चयन हुनुभएको छ ।
कार्यक्रममा प्रमुुख अतिथि महासघ केन्द्रिय सदस्य भेषराज पाण्डेले उद्यमीहरु अधिकारको लागि एकजुट हुनुपर्ने बताउनुुभयो । स्थानिय तहहरुले निर्धारण गर्ने राजस्व समितिमा घरेलु तथा साना उद्योग महासंघ पदाधिकारीहरु अनिवार्य राख्नुुपर्ने प्रवधान रहेकोले नगरका योजना तथा उद्यमको विषयमा बोल्नुपर्ने बताउनुुभयो । मुख्य उद्यमीहरु व्यवासयिक रुपमा मर्कामा परिरहेकोले ती समस्याहरुलाई समाधानको लागि महासंघको भुमिका धेरै हुने उहाँँले बताउनुुभयो । अधिवेशनले नया नेतृत्व चयन गरेकोले यो समितिले प्रभावकारी रुपमा गर्र्नुपर्ने बताउँदै सफल कार्यकालको शुुभकामना दिनुुभयो । कार्यक्रममा जिल्ला अध्यक्ष फुुलकुमारी श्रेष्ठ,जिल्ला वरिष्ठ उपाध्यक्ष टोपलाल पोखरेल,शिवराज नगरपालिकाका कार्यापालिका सदस्य सिबि गहतराज,सुनिल गैरेले नया नेतृत्वलाई शुभकामना व्यक्त गर्नुुभयो । श्रीजन पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव रविन्द्र पौडेल गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma