Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

चन्द्रौटामा पनि मगर दिवस भव्य रुपमा सम्पन्न


सुर्य गुरुङ्ग

३९ औं स्थापना तथा एकता दिवसकोअवसरमा शनिबार शिवराज मगर संघले बिभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ ।
नेपाल मगर सघं शिवराजको आयोजनामा शिवराज नगरपालिकाको चन्द्रौटामा मगर सस्कृती झल्कने पोशाक,गाजा बाजा सहित स्थानीय र गाउँ गाउँबाट हजारौंको संख्यामा उपस्थित भएको सहभागीहरु चन्द्रौटाको खसी बजारमा जम्मा भइ विभिन्न प्ले कार्ड सहित निस्केको रयालीले चन्द्रौटा बजार परिक्रमा गरि राष्ट्रिय मा बिमा पुगेर सभामा परिणत सभा गरेको थियो ।
मगर समुदायको इतिहास मौलिकता र सस्कृतिलाई सम्बर्धन संरक्षण गर्दै एकताबद्ध गराउने उद्देश्यले आयोजित कार्यक्रममा
शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारी ब्यापार संघका अध्यक्ष महादेव पोख्रेल लगायत नेपाल मगर संघका विशिस्ट ब्याक्तीत्वहरुको उपस्थितिमा भएको सम्पन्न भएको हो । कार्यक्रममा मगर पहिचान झल्किने विभिन्न पोशाक, नाच, गीत संगित प्रस्तुत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma