Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

मनकारी पाण्डे:जन्मोत्सवमा विद्यार्थीलाइ पोशाक वितरण

माधव बेल्बासे,चन्द्रौटा-
कपिलवस्तुुको शिवराज नगरपालिका वडा नं ३ निवासी ईश्वरी पाण्डेले ५५ औ जन्मोउत्सवको अवशरमा विद्यार्थीहरुलाई पोशाक वितरण गर्नुभएको छ । शिवराज नगरपालिका वडा २ वालशिक्षा मावि वालापुरमा अध्यानतर ६० जना विपन्न वालवालिकाहरुलाई पोशाक बितरण गरिएको छ ।

विद्यालयमा पुुगेर पोशाक वितरण गर्दै पाण्डेले जन्मदिनको अवशर फरक तरिकाले मनाउने गरेको बताउनुुभयो । वर्षेनी वालवालिकाहरुको लागि सहयोग गरेको भन्दै यस वर्ष वालापुरमा रहेका वालवालिकाहरुलाई वितरण गरिएको उहाँले बताउनुुभयो । विपन्न परिवारका वालवालिकाहरुलाई पढन समस्या रहेको भन्दै केहि सहज हुने विश्वास व्यक्त गर्नुुभयो ।

पोशाक वितरण गर्दै शिवराज नगरपालिका वडा २ का अध्यक्ष राम बहादुर चौधरीले जन्मउत्सवको अवशरमा पोशाक वितरण गरेर सामाजिक कार्य गरेकोमा धन्यवाद दिनुुभयो । पाण्डेले जन्मदिनमा फजुुल खर्च नगरि फरक तरिकाले सामाजिक कार्य गरेको बताउनुुभयो ।

नेपाल पत्रकार महासंघका कोषाध्यक्ष दिपक खड्का,खुमान सिह परियारले विद्यालयका वालवालिकालाई सहयोग गरेकोमा धन्यवाद दिएका छन् । विद्यालय अभिभावक संघका अध्यक्ष इमान बुढाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय अभिभावक,शिक्षक शिक्षिका लगाएतको सहभागिता रहेको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma