Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

बेसहारा पीडितलाई राहत


कपिलवस्तुको शिवराज–१ बस्ने एक बेसहारा पीडित परिवारलाई दियालो नेपालले राहत उपलब्ध गराएको छ । शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी चौधरीसहितको टोलीले पीडितको घरमा पुगी राहत प्रदान गरेको हो । टोलीमा महिला मानव अधिकार रक्षक सञ्जालकी जिल्ला अध्यक्ष मीना परियार, दियालो नेपालकी अध्यक्ष तारा थापा, सदस्य पम्फा पाण्डेसहितको सहभागिता थियो ।
घरमा श्रीमती नभएको मौकामा आफ्नै ६ वर्षीय छोरीलाई यौन दुव्र्यवहारको आरोपमा श्रीमान् पक्राउ परेपछि बिचल्लीमा परेका परिवारलाई तत्कालको लागि राहत उपलब्ध गराएको महिला मानव अधिकार रक्षक सञ्जाल कपिलवस्तुकी अध्यक्ष एवं दियालो नेपालकी संस्थापक अध्यक्ष मीना परियारले बताउनुभयो । मिहिनेत मजदूरी गरी जीविकोपार्जन गर्दै आएका अति विपन्न परिवारमा कमाउने मान्छे नै नभएपछि परिवार बिचल्लीमा परेका हुन् । अहिले परिवार पाल्ने जिम्मेवारी बेसहारा महिलाको काँढमा आएको छ । ६ वर्षकी छोरी र करीब २ वर्षका छोरा रहेको परिवारमा नसोँचेको बज्रपात आइलागेको स्थानीय बताउँछन् । महिला बिरामी परेर छोरीलाई श्रीमान्सँगै छोडेर उपचारका लागि बुटवल गएकी थिइन् । रातिको समयमा नाबालक छोरीलाई नै जबरजस्ती बलत्कार गरेको आरोप छ । जबरजस्ती करणी गर्दा बालिकाको गुप्ताङ्गमा घाउ भएको पीडितको भनाई छ ।
राहतका लागि पुगेका उपप्रमुख शिवकुमारी चौधरी र महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष मीना परियारले बालिकाको भविष्य सुनिश्चिताको लागि बालबालिकासम्बन्धी काम गर्ने संघसंस्थासँग समन्वय गरी जिम्मा लगाउने आश्वासन दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma