Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

शिवपुरमा प्रदेश स्तरीय निर्माण सामाग्री प्रयोगशाला बन्ने

कपिलवस्तुको शिवराज न पा-१ शिवपुरमा प्रदेश स्तरीय आधुनिक निर्माण सामाग्री प्रयाेगशाला बन्ने भएको छ ।लुम्बिनी प्रदेश सरकारको करिब २२कराेड लागतमा निर्माण हुने प्रयोगशाला टेण्डर आवहान भएको छ । उक्त प्रयोगशालामा निर्माणमा प्रयोग हुने सबै सामानहरु को परिक्षण हुने प्रदेश सभा सदस्य अर्जुन कुमार केसिले बताउनु भयो । प्रदेश स्थतरिय प्रयोगशाला निर्माणको लागि आज टेण्डर आवहान भएको छ, केसिले भन्नुभयो यस क्षेत्रकाे पूर्बाधार बिकासमा याे एउटा काेसेढुङ्गा साबित हुने छ । नेपालकै सबैभन्दा ठूलाे र आधुनिक प्रयाेगशाला निर्माण पश्चात यस क्षेत्रको बिकासमा टेवा पुग्ने उहाले वताउनुभयो । सासद केसिले उक्त प्रयोगशालाको लागि पहल गर्ने मुख्यमन्त्री , मन्त्रीहरुलाई धन्यवाद दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma