Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

१११ औ अन्तराष्ट्रिय महिला दिवश : महिलाहरु आग्रसर हुनुपर्नेमा जोड

माधव बेल्बासे
चन्द्रौटा,२३ फागुन
१११ औ अन्तराष्ट्रिय महिला दिवशको अवसरमा कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा कार्यक्रम सम्पन्न भएको छ । आईतवार चेम्बर भवनमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले महिलाहरु अझै पनि चुलो चौकोमा मात्र सिमित भएकोले सबै क्षेत्रमा अग्रसर भएर अगाडी बढनुपर्ने बताएका छन् ।
शिवराज नगरपालिका द्धारा आयोजित उक्त कार्यक्रममा राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले महिलाहरुको शसक्तिकरण हुन आवश्यक रहेको बताउनुभयो । महिलामाथि जघन्य अपराधहरु भइरहेको सन्र्दभमा अपराधीलाई कारवार्ही सगै महिलाहरुले आफ्ना समस्याहरु खुलेर बोल्न सक्नुपर्ने जनाउनुभयो । सरकारले महिलालाई लक्षित गरि धेरै कार्यक्रमहरु संचालन गरेकोले ति कार्यक्रमहरु वाट लाभ लिन आग्रह गर्नुभयो । संघिय सरकार,प्रदेश सरकार र स्थानिय सरकारले महिलाहरुलाई प्राथमिकतामा राखेर योजनाहरु निर्माण गर्ने गरेको घिमिरेले बताउनुभयो ।
लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले पहिलाको तुलनामा महिलाहरु धेरै अगाडी बढेको बताउनुभयो । घरमा महिला शिक्षित भएमा त्यो परिवार र गाउँनै शिक्षित हुने भएकोले शिक्षामा जोड दिनुपर्ने उहाँले बताउनुभयो । अझै पनि बलत्कारका घटना, सानो उमेरमा विवाह गर्ने,दाईजो माग्ने लगाएतका समस्याहरु रहेकोले यस्ता सामाजिक कुप्रथालाई हटाउन महिलाले नेतृत्व गर्नुपर्ने बताउनुभयो।
कार्यक्रममा महिला अधिकारकर्मी सुशिला दर्लामीले महिला दिवशको औचित्यको बारेमा प्रकाश पार्दै महिलाहरुले आफ्नो अधिकारको लिन सक्नुपर्ने बताउनुभएको थियो । शिवराज नगरपालिका वडा २ का अध्यक्ष राम बहादुर चौधरी,मन्जु मिश्रा,सामाजिक विकास समितिका संयोजक सिबी गहतराज,व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल,चन्द्रौटा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ईश्वरी पाण्डे,राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका सभापति विष्णु खतिवडा लगाएतको महिला अधिकारको विषयमा बोल्नुभएको थियो । कार्यक्रममा शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुले महिला हिंसाको बिरुद्ध नगरले विभिन्न कार्यक्रमहरु गरिरहेको र नागरिकहरुको साथ आवश्यक रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma