Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

शिवराजमा ६५ वर्ष पुरा गरेका जेष्ठ नागरिकहरुलाई खोप लगाउन सुरु

शिवराज नगरपालिकाकामा ६५ वर्ष पुरा गरेका जेष्ठ नागरिकहरुलाई खोप लगाउन सुरु भएको छ । नगरका सबै वडामा रहेका स्वास्थ्य चौकी वाट कोरोना विरुद्धको खोप कार्यक्रम संचालन भई रहेको स्वास्थ्य शाखाले जनाएको छ । शिवराज नगरपालिका वडा १ मा रहेको शिवपुर स्वास्थ्य चौकीमा ज्येष्ठ नागरिक ९४ बर्षिय निम बहादुर केसि लाई कोभिड १९ कोरोना कोभिसिल्ड भ्याक्सिन लगाई , शिवपुर स्वास्थ्य चौकि ब्यबस्थापन समिति अध्यक्ष तथा वडा न १ का अध्यक्ष जगत बहादुर जि सि ज्यु बाट खादा ओडाएर र स्वास्थ्य चौकि प्रमुख लेखनाथ पौडेलले जुस ख्वाई एव अहेब ( भ्याक्सिनेटर) दान बहादुर हमालले खोप लगाई उद्धघाटन गरिएको हो ।


आज पहिलो दिन चैनपुर, स्वर्गद्वारी आवासीय क्षेत्र ,कलौनि टोलको मात्रै ५५ जनालाइै खोप लगाइएको स्वास्थ्य चौकी प्रमुख लेखनाथ पौडेलले बताउनुभयो । नगर प्रमुख नेत्रराज अधिकारीले अनुगमन गर्दै शिवराजमै नमुना तरिकाले उत्कृष्ट ब्यवस्थापनका साथ खोप सेवा प्रदान गरेको धन्यवाद दिनुभयो । शिवराज नगरपालिका भित्र रहेका ६५ वर्ष पुरा गरेका ९ हजार जेष्ठ नागरिकहरुलाई खोप लगाउने लक्ष्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma