Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

संसदिय व्यवस्था असफल : विप्लव

माधव बेल्बासे
चन्द्रौटा,२३ फागुन

नेपाल कम्युनिष्ट पार्टिका महासचिव नेत्र विक्रम चन्द (बिप्लब) सोमवार कपिलवस्तु पुग्नु भएको छ । नेपाल सरकार र विप्लब विचले फागुन २१ गते तीन बुदे हस्ताक्षर भएपछि विप्लबको पहिलो कार्यक्रमको रुपमा अनेमसंघको क्रान्तिकारीको सातौ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुभएको छ ।
महासचिव विप्लवले नेपालमा संसदिय व्यवस्था पूर्ण रुपमा असफल भएको बताउनुभएको छ । “अब जनताले दललाई चुन्ने हैन,व्यवस्थालाई चुन्ने हो,चन्दले भन्नुभयो, “जनमत संग्रहमा जाऔ जनताले जे दिन्छन त्यहि व्यावस्थालाई कायम गरौ, ।”
ओली नेतृत्वको सरकारले आफ्नो पार्टीमाथि लगाएको प्रतिवन्ध गलत भएकोले अहिले सच्चाएर फुकुवा गरेको बताउनुभएको छ । सत्यको सधै जित हुने भएकोले प्रतिवन्धमा रहँदा जनताको साथ रहेको समेत उहाँले दावी गर्नुभयो । सरकारले आफूहरुलाई प्रतिवन्ध लगाएको दुई महिनाभित्र सखाप पार्छौँ भनेर भनेपनि त्यो सत्य र न्यायका लागि लडेकाले नै सरकार असफल भएको बताउनुभयो ।
समाजको अन्याय, अत्याचार र दमनका विरुद्ध लडेको आफ्नो पार्टीमाथि लगाएको प्रतिवन्ध र दमन अन्त्यमा गलत सावित भएको टिप्पणी गर्नुभयो । शिवगढीमै विद्यालय शिक्षक तथा स्थानियहरुको घरघरमा खानतलासी गर्ने जनतालाई दुख दिने गरेको भएपनि जनता सधै सत्य तर्फ लागेर दमनको प्रतिवाद गरेको स्मरण गर्नुभयो ।
गाउँगाउँमा भ्रष्टाचार गर्ने, बलात्कार गर्नेहरुलाई सरकारले कारवाही नसकेका कारण आफुहरुले कारवाही गरेको बताउनुभयो । दास भएर मर्नुभन्दा देश र जनताको लागि लडेर मर्नुपर्ने भन्दै अझैपनि अन्यायका विरुद्ध प्रतिवाद गर्ने जनाउनुभयो । उहाँले प्रचण्ड र बावुरामले सत्ता पाएपछि शहिद, किसान ,मजदूहरुलाई भुलेको बताउनुभयो ।शहिदहरु धेरै सपनाहरु पुरा गर्न अझै वाकी रहेकोले ती सपना पुरा गर्न आफुले नेतृत्व लिएको बताउनुभयो ।
महिललाई पुरुष सामान हाम्रो समाजले नमानेकै कारण महिलाहरु पछाडी परेको बताउनुभयो । “एउटा पुरुषले मुजदुरी वापत एक हजार पाउछ, भने महिला पाँच सयमा समिति हुनुपर्छ, विप्लवले भन्नुभयो, “प्रत्येक घरमा महिलाहरुलाई पछाडी पार्ने काम भइरहेको छ,छोरालाई सम्पती दिनुपर्ने छोरीलाई केहि नदिने ? अब छोरा छोरी दुवैले समान सम्पती पाउनुपर्छ, ।”
विप्लव समुहका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले जेलमा बसेको अनुभव सुनाउदै देशमा बेरोजगारिको समस्याले अधिकाश युवाहरु लागुपदार्थ दुव्र्यसनीका मुद्दामा जेलमा रहेको बताउनुभयो । सरकारले सग तीन बुदे सहमती भएको बताउदै देश समृद्व बनाउने आधारहरु आफु आवद्ध नेकपासग रहेको बनाउनुभयो । देश र जनताको लागि बलिदान दिन तयार रहेको बताउदै सरकार सग सहमती भयो भन्दैमा आन्दोलन नसकिएको जनाउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma