Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

शिवगढीको प्रचारको लागि धानखोला र रमुवादहमा मेला लाग्दै

शिवरात्रीको अवसरमा कपिलवस्तुको शिवराज नगरपालिका वडा ९ का रहेको शिवगढी मन्दिरको प्रवेशद्धारमा मेला लाग्ने भएको छ । मन्दिरको प्रवेशद्धार रहेको धानखोला र रमुवादहमा मेलाको तयारी गरिएको छ । शिवगढी मन्दिरको प्रचार प्रसारमा टेवा पुराउने उद्देश्यले मेला आयोजना गरिएको शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दिनेश पुनले बताउनुभयो ।
विगतका वर्षहरुमा जस्तै विभिन्न क्लव स्तरीय प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभयो । भक्तजनहरुलाई मध्यनजर गरी रुद्री, हवन,प्रसाद ग्रहग र भण्डारको समते व्यवस्था गरिएको पुनले बताउनुभयो । मेलामा राष्ट्रिय तथा स्थायिन कलाकारहरु समेत प्रस्तुती रहने भएकोले सहभागी मनोरन्जन लिन आग्रह गर्नुभयो । रमुवादह तथा धानखोला देखि भण्डै तीन घण्टाको उकालो चढेपछि पुगिने शिवगढी मन्दिरमा सुरक्षा व्यावस्था सगै पुजाआजाको राम्रो व्यवस्था भएको बताइएको छ ।
भारतको उत्तरप्रदेश तथा बिजनगर,कृष्णनगरका स्थानियहरु रमुवादह हुदै मन्दिर जाने र दाङ,प्युठान,अर्घाखाची कपिलवस्तु लगाएतका स्थानियहरु धानखोला हुदै मन्दिर दर्शन गर्न जाने गर्दछन् । रमुवादहमा पनि राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती राखिएको छ भने मेलाको तयारी अन्तिम चरणमा रहेको आयोजना शिवगढी पर्यटन सस्थाले जनाएको छ ।मेला दवै स्थानमा फागुन २५ गते देखि २७ गते सम्म हुनेछ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma