Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

सार्वजनिक सुनुुवाई तथा सम्मान सम्पन्न

चन्द्रौटा(कपिलवस्तु),२५ फागुन
कपिलवस्तुुको बुद्धभूमी नगरपालिका वडा ९ मा सार्वजनिक सुनुवाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । वडाले यस आर्थिक बर्षमा सम्पादन गरेको कामको प्रभावकारीता तथा नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हो ।
वडाले वर्षभरी गरिएका योजना तथा प्रदान गरिएका सेवाको पादर्शीता सुनिश्चीत गर्नका लागि सार्वजनिक सुनुवाई कार्यक्रम गरेको वडा अध्यक्ष खुमानन्द न्यौपानेले बताउनुुभयो । वडाका योजनाको बारेमा जानकारी दिदै वडा अध्यक्ष न्यौपानेले वडाले शिक्षा,स्वास्थ्य,कृषि लाई प्राथमिकता दिएर काम गरिरहेको बताउनुुभयो । सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका जिज्ञासालाई सुुझावको रुपमा लिएर आगामी दिनमा कार्यान्वयन गरिने उहाँले बताउनुुभयो ।
कार्यक्रममा बुद्धभूूमी नगरपालिकाका मेयर केशव कुुमार श्रेष्ठले नगरले नागरिकहरुको आत्मनिर्भरको लागि विभिन्न कार्यक्रमहरु संचालन गरेको बताउनुुभयो । विकासमा हकमा बुद्धभूमीले हर प्रयास गरेको बताउँदै नागरिकका गुुनासाहरुलाई नगरले सम्बोधन गर्ने बताउनुुभयो । नगरका मुख्य मुख्य कार्यको उदाहरण दिदै विकासमा नागरिकहरुको साथ चाहिने बताउनुुभयो । वडा तथा नगरका कतिपय योजनाहरु अधुरा रहेकोले ती योजनालाई सम्पन्न गरिने मेयर श्रेष्ठले बताउनुुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अनिल पौडेले शिक्षा, स्वास्थ्य,कृषि,पशुु खानेपानी सरसफाई लगाएतलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुुभयो । नगरभित्रमा फुुसका घरहरु हटाएर जस्ता पाता लगाउने नगरका योजना निरन्तर रहेको बताउनुभयो ।
कार्यक्रममा नागरिकहरुले वडाको विकासको बारेमा प्रश्न गर्दै समृद्ध वडा बनाउन नया योजना बनाउन सुुझाव दिएका थिए । वडाले विभिन्न कार्य गरि उत्कृष्ट भएकाहरुलाई सम्मान समेत गरेको छ । निर्माण काम छिटो सक्ने उपभोक्त समिति,जेष्ठ नागरिक,स्वास्थ्यकर्मी लगाएत वडालाई सहयोग गर्नेहरुलाई सम्मान पत्रले सम्मान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma