सुर्य गुरुङ्ग
शिवगढी मन्दिरको बिकाशका लागि सबै जुट्नु पर्ने नगरप्रमुख नेत्रराज अधिकारीले बताउनु भएको छ ।
बिहीबार तेस्रो शिवगढी महाशिवरात्री मेला तथा सास्कृतिक कार्यक्रमको समापन गर्दै यस्तो बताउनु भएको हो ।
पर्यटन बिकाश सस्थाले गरेको मेहनतको सम्मान गर्दै लगातार ३ दिन सम्म भव्य रूपमा सफलता पुर्बक महाशिवरात्री मेला २०७७सम्पन्न गर्न सफल भएकोमा धन्यवाद दिदै ब्याक्तीगत स्वार्थको लागि नभई समग्र शिवराज नगरपालिका ऐतिहासिक तथा धार्मिक पर्यटकिय स्थल शिवगढीको प्रचारप्रसारमा समेत टेवा पुग्ने गरि पर्यटन बिकाश सस्थाले गरेको प्रयासमा एक्यवद्धता जनाउदै सबै शिवगढी मन्दिर बिकाशका लागि जुट्नु पर्ने नगरप्रमुख अधिकारीले बताउनु भयो ।
अघामी दिनमा नगरपालिकाले डि पि अार तयार गरि अघि बढ्ने र जसमा लाग्ने हरेक आवस्यकतालाई परिपुर्ति गर्ने तयारी रहेको पनि उहाले बताउनु भयो ।
साबिक शिवगढी गाबिस हालको शिवराज ९ जिल्लाकै पिछडिएको रुपमा हेरिए पनि पछिल्लो समय यो क्षेत्रले बिकाशमा तीव्रता पाएको उहाको भनाइ छ रमुवादहमा झोलुङ्गे पुल हल्लानगरमा पुल र पछिल्लो समय बनियभार र शिवपुर जोडने सुराई खोलामा समेत ३८करोडको पुल बनाउनको लागि डि पि अार तयार गरि टेन्डर भइ ठेक्काको सम्झौता भईसकेकोले अब बिस्तारै शिवगढी नगरको रुपमा बिकास हुने
उहाको दाबी छ ।पुल निर्माण पछी यस क्षेत्रको नागरिकको जीवन स्तरमा परिवर्तन हुने स्थानीय उत्पादन बाहिरी बजारमा सहज पुग्ने स्थानीयलाई आवश्यक पर्ने दैनिक उपभोग्य आमाग्री सरल र सहजै यहा आईपुगे पछी शिवराज ९ बिस्तारै नगरको रुप बिकाश हुने बताउनु भयो । बिस्तारै विकसित नगर को रुपमा बिकास गर्नका लागी नगर सधै तयार रहेको उहाँले बताउनु भयो ।शिवगढीको बिकाशको लागि नगरपालिकाले अरुलाई भन्दा प्राथमिकतामा राखी प्रदेश केन्द्र सम्म नगरपालिका बाट हुन सक्ने सबै पहल हुने बताउनु भयो ।
हाम्रो देश विभिन्न भाषा जातजाति धर्मको साझा फुलबारी भएको र सबैको धर्म सस्कृती समेटेर सबैको संरक्षणगर्दै अघि बढनु पर्ने बताउनुभयो ।त्यो फुलबारीको माली हामी भएको कारण ती सबै फुलहरुलाई स्वतन्त्र रुपमा फुल्न दिनु पर्ने र ती फुलहरुको संरक्षण हामीले गर्नु पर्ने बताउनुभयो ।फुलबारीमा ढकमक्क फुलहरु फुलाउदै चारैतिर सुगन्ध फैइलाउन तर्फ लाग्नु पर्ने उहाको भनाई छ ।
पर्यटन बिकाश सस्थाका सस्थापक तथा भुतपुर्व अध्यक्ष पनिराम रोकाको अध्यक्षतामा भएको महाशिवरात्री मेला समापन कार्यक्रमको प्रमुख अतिथिमा रहुनु भएको नगर प्रमुख अधिकारी मन्तव्य क्रममा बोल्दै यस्तो बताउनु भएको हो ।
कार्यक्रममा पर्यटन बिकाश सस्थाका सचीव हरि श्रेष्ठ ,समाजसेवी जगत पौडेल ,समाजसेवी बिजयबिक्रम साह ,लगायतको उपास्थितीमा मेलालाई सफलता पुर्बक सम्पन्न गर्न सहयोग गर्ने संघ सस्था ब्याक्तीहरुलाई सम्मान पत्र र मायाको चिनोले सम्मान गरेको छ ।
त्य्स्तै नृत्य प्रतियोगिताको बिजेता राष्ट्रिय मा बि ,उपबिजेता शिवगढी स्पोर्टिङ ,सान्त्वना स्थान प्राप्त गाेल्डेन स्टार् लाई नगदसहित प्रमाणपत्रले सम्मान गरेको छ ।

0Shares