Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

कपिलवस्तुमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु

चन्द्रौटा,३ फागुन
कपिलवस्तुको वुद्धभूमीमा नेपाली सेना सवार रहेको ट्रकले ठक्कर दिदाँ एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवराज नगरपालिका वडा ५ निवासी २० वर्षीय भुवन पाण्डे हुन् ।
पूर्व वाट पश्चिम जादै गरेको नेपाली सेना सवार बा १ ग २४२३ नम्बरको ट्रकले विपरित दिशा वाट आउँदै गरेको लु ३६ प ४५९८ नम्बरको मोटरसाईकललाई मंगलवार दिउसो एक बजे दुर्घटना भएको हो ।
बुद्धभूमी नगरपालिका वडा ९ चम्पापुरमा भएको ठक्करवाट अर्का एक जना २१ वर्षीय अमृत रोका मगर घाईते भएका छन् । घाइतेको खुट्टामा गम्भीर चोट लागेको ईलाका प्रहरी कार्यालय गोरुसिगेका प्रहरी निरिक्षक कृष्ण रानाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma