Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

हातखुट्टा बाधेर काग्रेस सरकारमा जादैन ः नेता महत

नेपाली काग्रेसका सह महामन्त्री डा प्रकास शरण महतले नेपाली काग्रेस अहिले सरकारमा जान नसक्ने संकेत गर्नुभएको छ । प्रधानमन्त्री ओलीलाई हटाउन आवश्यक रहेको भएपनि काग्रेसले एकल सरकार बनाउन चाहेकोले अहिलनै सरकरमा जान सक्ने अवस्था नरहेको बताउनुभयो ।
काग्रेसले पूर्ण शक्तिका साथ सरकारमा जाने भएकोले हातखुट्टा बाधेर सरकारमा जानुको कुनै अर्थ नरहेको टिप्पणी गर्नुभयो । कपिलवस्तुको चन्द्रौटामा कार्यक्रता भेटघाट गर्दै महतले आगामी निर्वाचनमा काग्रेसले जित्न चाहेकोले अहिले सम्पुर्ण शक्ति निर्वाचन जित्न तर्फ केन्द्रित रहेको बताउनुभयो ।
अहिले नागरिकको सरकार बन्न नसकेको बताउँदै सकेमा यहि संसदवाट नया सरकार बनाउने नसके निर्वाचन वाट भएपनि ओलीलाई हटाउने महतले बताउनुभयो । अहिले पुनस्थापित संसदमा सरकारमा जाने नजाने भन्ने विषयमा अंकगणितको आधारमा निर्धारण हुने बताउनुभयो ।
अन्य राजनितिक दलहरुले बिना सर्त काग्रेसको नेतृत्वमा सरकारमा जान चाहेमा काग्रेसले बिचार गर्ने बताउनुभयो । ओलीको नेतृत्वमा बनेको यो सरकारले देशमा अनियमितता भष्ट्रचारमा लिप्त भइ लोकतान्त्रीक संस्थालाई कमजोर बनाइएको आरोप लगाउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma