माधव बेल्बासे
कपिलवस्तु चन्द्रौटा

कपिलवस्तुको शिवराज नगरपालिका वडा १ मा तीन दिने महिनावारी स्वच्तछता,स्यानेटरी संगिप्याड निर्माण तथा लैङ्गिक हिंसा विषयक तालिम सुरु भएको छ ।
तालिमको उद्धघाटन गर्दै लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले महिनावारी सम्वन्धि समाजमा रहेका कुरितीहरुलाई अन्त्य गर्नुपर्ने बताउनुभएको छ । समाजमा अझै महिनावारी सम्बन्धि कु सस्कारहरु रहेकोेले यसमा नागरिकहरुलाई सचेतना फैलाउनुपर्नेमा जोड दिनुभयो ।
खानपान ,सरसफाईको सानो लापरवार्हीले धेरै महिलाहरु पाठेघर तथा अन्य रोग वाट ग्रसित हुनुपरेकोले यसमा सचेत हुनुपर्ने बताउनुभयो । वडाले नागरिकहरुलाई महिनावारीको विषयमा तालिम आयोजना गरी महिलाहरुलाई सजग बनाउने प्रयास गरेकामो धन्यवाद दिनुभयो ।
शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारुले सरकारले विद्यालयहरुमा सेनेटरी प्याडको व्यावस्था गरेकोले विद्यार्थीहरु महिनावारीको समयमा सहज भएको बताउनुभयो । गाउँघरमा महिला माथि हुने हिंसालाई लुकाएर राख्ने चलन रहेकोले लुकाउन नहुने बताउनुभयो ।
शिवराज नगरपालिका वडा १ का अध्यक्ष जगत जिसीले समाज परिवर्तनमा महिलाहरुको भुमीका बढी हुुने बताउनुभयो । वडाका महिलाहरुलाई सजग बनाउने उद्देश्यले तालिम आयोजना गरिएको बताउनुभयो । उद्धघाटन कार्यक्रमा व्यापार संघका अध्यक्ष महादेव पोखरेल,बालकराम बुढा,विष्णु प्रसाद खतिवडा,नारायण ज्ञावली लगाएतले तालिमको सफलताका कामना गरेका थिए ।
वडा कार्यालयको सहयोग र शिवपुर स्वास्थ्य चौकीको आयोजनामा भएको तालिममा ५० जना किशोरीाहरुको सहभागिता रहेको शिवपुर स्वास्थ्य चौकीका प्रमुख लेखनाथ पौडेलले बताउनुभयो । तीन दिन सम्म चल्ने उक्त तालिममा महिनावारी, ,स्यानेटरी संगिप्याड निर्माण तथा लैङ्गिक हिंसाको विषयमा प्रशिक्षण दिइने पौडेलले बताउनुभयो ।

0Shares