Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

नेपालको पहिलो नल्का (ह्यान्डपाइप)सुरक्षित खानेपानी युक्त वडा घोषणा

माधव बेल्बासे
कपिलवस्तुु,१४ चैत
नेपालको पहिलो नल्का (ह्यान्डपाइप)सुरक्षित खानेपानी युक्त वडा घोषणा गरिएको छ ।शनिवार कपिलवस्तुुको शिवराज नगरपालिका वडा न २ लाई लुुम्बिनी प्रदेश भौतिक पूर्वधार विकास मन्त्री बैजनाथ चौधरीले खानेपानी युक्त वडा घोषणा गरिएको गर्नुभएको हो ।
मन्त्रीले चौधरीले वडावासीलाई सुरक्षित खानेपानी बनाउने ज्ञान आर्जन भएकोले अब वडाका सबैले सुरक्षित खानेपानी पाउने बताउनुुभयो । मुुलुुककै पहिलो वडाको रुपमा घोषणा गर्न सफल भएकोमा वडावासीलाई धन्यवाद दिनुुभयो ।


प्रदेश सरकारले अबको तीन वर्ष भित्र प्रत्येकको घरमा सुरक्षित खानेपानी पुु¥याउने लक्ष्य राखेको बताउनुुभयो । “प्रदेश सरकारको लक्ष्य सफल बनाउन नागरिकहरुको सहयोग अनिवार्य छ, मन्त्रीले चौधरीले भन्नुुभयो, “तीन वर्ष भित्र सबै नागरिकहरुको घरमा सुरक्षित खानेपानी पुु¥याउछौ, ।” सरकारले वास प्लान देखि अन्य योजनाहरु बनाएकोले अब घरघरमा पुुगेर पानी जाँच लगाएत कतिपय ठाउँमा पानी ट्याङकी निर्माणको काम भइरहेको उहाँले बताउनुुभयो । प्रदेश सरकारले शिवराज नगरपालिकामा तीन वटा खानेपानी योजनाहरु छनोट गरेकोले निर्माणको काम निरन्तर चलेको बताउनुुभयो ।


लुुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले सुरक्षित खानेपानी आजको मुख्य आवश्यकता रहेको बताउनुुभयो । दुषित पानीकै कारणले धेरै रोगहरु लाग्ने भएकाले स्वास्थ्य जिवनको लागि शुुद्ध पानी चाहिने बताउनुुभयो । यस कार्यलाई निरन्तरता दिदै साना साना बालवालिकाहरुलाई पनि सुरक्षीत पानी बनाउने ज्ञान दिनुुपर्ने जनाउनुुभयो । कार्यक्रममा शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले वडामा रहेका पाँच हजार बढी नागरिकहरुले सुरक्षित खानेपानी पाएको बताउनुुभयो । एउटा वडावाट सुरु भएको सुरक्षित खानेपानी घोषणा कार्यक्रम सबै वडामा निरन्तर चल्ने बताउनुुभयो ।


वडाका १३ वटा टोलमा समिति गठन गरि निरन्तर काम गरेर (ह्यान्डपाइप)सुरक्षित खानेपानी युक्त वडा घोषणा गरिएको वडा अध्यक्ष राम बहादुर चौधरीले बताउनुुभयो । खानेपानी सुरक्षा योजना चलयामान राख्नेको लागि मासिक बैठक,पानीको गुुणस्तरीय जाँच गर्ने,१५।१५ दिनमा क्लोरिनेशन विधिवाट शुुद्धिकरण गर्ने लगाएतका योजनाहरु रहेको उहाँले बताउनुुभयो । वडामा रहेका ९९५ घरधुुरीमा ७७२ वटा नल्का प्रयोगमा रहेको र २२ वटा नल्कामा आर्सेनिकको मात्रा बढी रहेकोले बन्द गराइएको शिवराज नगरपालिकाका वास अफिसर राजेश चौधरीले बताउनुुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma