कृष्ण गैरे , चैत्र १८ कपिलवस्तु
शिवराज नगरपालिकाको सहयोग र सामुदायिक रेडियो समानताको आयोजनामा कपिलवस्तुको चन्द्रौटामा ५ दिने उदघोषण तालीम सुरु भएको छ । शिवराज नगरपालीकाले नगरका ११ ओटा वडामा गठन गरेको किशोर किशोरी संजालका दुई दुई जनालाई तालीमको व्यवस्थापन गरिएको हो । तालीमको एक समारोहका विच शिवराज नगरपालीकाका नगरप्रमुख नेत्रराज अधिकारीले समुदघाटन गर्नुभएको छ । तालीमको सुभारम्भ समारोहमा नगरप्रमुख अधिकारीले सामाजीक विकासको लागी युवाहरु माथि लगानी आवश्यक भएको वताउनुभएको छ ।
नगरपालीकामा युवा तथा किशोरकिशोरीलाई संगठित गराई सामाजीक जनचेतनाका कार्यक्रम संचालन गर्न आवश्यक देखिएपछि नगरपालीकाले संजाल गठन गरि तालीम व्यवस्थापनका लागी सहयोग उपलब्ध गराएको वताउनुभएको छ । तालीम पश्चात क्षमता अभिवृद्धी , वोल्ने कलाको विकास र नेतृत्वमा युवाहरु अगाडी आउनेमा मेयर अधिकारीले विश्वास व्यतm गर्नुभएको छ । यस्तै नगरउपप्रमुख शिवकुमारी चौधरीले तालीमले गांउ समाजमा हुने सामान्य कार्यक्रम देखि ठुला ठुला कार्यक्रम संचालन सहयोग पुग्ने वताउनुभएको छ ।
उपप्रमुख चौधरीले सामाजीक क्षेत्रमा युवा तथा किशोर किशोरीले धेरै किशीमका रचनात्मक काम गर्न सक्ने भएकाले तालीम मार्गनिर्देशक वन्नुपर्ने आवश्यकता औल्यानुभएको छ । उहांले तालीम पश्चात प्रगती देखिने गरि काम गर्न सुवाझ समेत व्यतm गर्नुभएको छ । किशोर किशोरीहरुका लागी वोल्ने क्षमता , कार्यक्रम संचलान लगाएतका विषयमा जानकारी दिने उदेश्यले तालीमको सुरुवात गरिएको सामुदायिक रेडियो समानताका अध्यक्ष राजु खरालले वताउनुभएको छ । तालीम पश्चात उनीहरुको वोल्ने कलाको विकास हुने अध्यक्ष खरालले विश्वास व्यतm गर्नुभएको छ ।
तालीममा सहभागीहरुलाई शिवराज नगरपालीका वडा न ५ का वडा अध्यक्ष अर्जुन वहादुर पाण्डे , नेपाल पत्रकार महासंघका कोषाध्यक्ष दिपक खडका , महासंघका सदस्यहरु संजीव गहतराज , सनिउल्ला धोवी , रेडियो भ्वाईसका स्टेशन म्यानेजर गिता पौडेल , रेडियो शिवराजका स्टेशन म्यानेजर दिपक केशि लगाएतले सफलताको सुभकामना व्यतm गर्नुभएको छ । कार्यक्रम रेडियो समानताका अध्यक्ष राजु खरालको अध्यक्षता , नगरप्रमुख नेत्रराज अधिकारीको प्रमुख आतिथ्यता , उपप्रमुख शिवकुमारी चौधरीको विशष्टि आतिथ्यता , रेडियोका कोषाध्यक्ष दिपक गैरेको स्वागत र स्टेशन म्यानेजर कृष्ण गैरेको संचालनमा सम्पन्न भएको हो ।

0Shares