दिपक के.सी.
चैत्र २५
कपिलवस्तु जिल्लामा पहिलो पटक आयोजना गरिएको जिल्ला डोरी टान प्रतियोगितामा शिवराज नगरपालिकाले दोस्रो स्थान हासिल गर्न सफल भएको छ । मंगलबार भएको प्रतियोगितामा शिवराज डोरी टान संघका महिला खेलाडीले दोस्रो स्थान प्राप्त गर्न सफल भएका हुन ।


जिल्लाका १० वटा स्थानिय तहका डोरी टान खेलाडीहरुको सहभागिता रहेको प्रतियोगितामा पुरुष तर्फ प्रथम कृष्णनगरपालिका प्रथम र महिला तर्फ बाणगंगा नगरपालिका प्रथम भएको शिवराज डोरी तान संघका अध्यक्ष विष्णु हमालले बताउनु भयो । विजेता खेलाडीहरुलाई शिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिएको हमालले बताउनु भयो । जिल्ला स्तरिय डोरी ताट प्रतियोगिताबाट शिवराज नगरपालिका १ जना खेलाडी सुुुनसरिमा हुने प्रतियोगिताका छनौटमा परेको समेत हमालले बताउनु भयो । खेललाई व्यवस्थित बनाउन स्थानिय तहहरुमा रहेका डोरी टान संघलाई स्थानिय तहहरुले सहयोग गर्नु पर्ने समेत अध्यक्ष हमालले बताउनु भयो ।

0Shares