नेपाल मौरी पालन महासंघ कपिलवस्तुको १२ औ साधारण शभा तथा छैठौ औ जिल्ला अधिवेशन गोरुसिङगेमा सम्पन्न भएको छ । अधिवेशनले मौरी पालक किशान नारायण प्रसाद पौडेललको अध्यक्षतामा नंया कार्यसमीती चयन गरेको छ ।
अधिवेशनले उपाध्यक्षमा लक्ष्मी ढकाल , सचिवमा खेमराज खनाल , सहसचिवमा कृष्ण प्रसाद आर्चाय , कोषाध्यक्षमा माधवराज पौडेललाई चयन गरेको छ । अधिवेशनवाट कृष्णलाल भारती , मधु न्यापाने , भुपराज चापागांई र कृष्ण प्रसाद पाण्डे सदस्यमा चयन हुनुभएको नवनिर्वाचीत सहसचिव कृष्ण आर्चायले जानकारी दिनुभयो ।
साधरण सभा तथा अधिवेशन नेपाल मौरीपालक कृषक सहकारी संस्थाका केन्द्रीय अध्यक्ष अर्जुन पोख्रेलको प्रमुख आतिथ्यता , जिल्ला जेष्ठ किशान सालीकराम पौडेलको विशिष्ठ आतिथ्यता , संघका केन्द्रीय सदस्य नन्दराम अर्याल , प्रदेश सचिव लिलापती घिमिरे लगाएतको उपस्थीतीमा सम्पन्न भएको थियो । कार्यक्रम निवर्तमान अध्यक्ष मोहन अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो ।

0Shares