व्यापार संघ कपिलवस्तुले २०७८ सालको भित्तेपात्रो बिमोचन गरेको छ । संघको हलमा आयोजित सम्मान तथा अभिनन्दन कार्यक्रमको अवसरमा लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य अर्जुन कुमार केसी,शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले भित्तेपात्रो बिमोचन गर्नुभएको हो । कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले संघले गरेको कृयाकलाप प्रति आभार व्यक्त गर्नुभयो । व्यापारीहरुको सस्था भएपनि सामाजिक क्षेत्रमा गरेको लगानिले समाज सुधारमा ठुलो भुमिका खेलेको बताउनुभयो ।
संघको केन्द्रिय अधिवेशनवाट देशकै उत्कृष्ट शाखाको रुपमा सम्मानित भएकोमा बधाई ज्ञापन गर्नुभयो । उहाँले संघका अध्यक्ष महादेव पोख्रेल केन्द्रिय सदस्य भएकोमा सफल कार्यकालको शुभकामना दिनुभयो । शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले व्यापार संघले स्थापनाको छोटो समयमा धेरै नमुना कामहरु गरेको भन्दै प्रशंसा गर्नुभयो । अधिकारीले संघका अध्यक्ष महादेव पोख्रेललाई केन्द्रिय सदस्य भएकोमा अभिनन्दन समेत गर्नुभयो ।
त्यस्तै कार्यक्रम नेपाल पत्रकार महासंघमा निर्वाचित पदाधिकारीहरुलाई स्वागत तथा सम्मान गरिएको छ । यस क्षेत्रका पत्रकारहरु जिल्ला हुदै प्रदेशको समेत नेतृत्व गरिरहेकोले अब यस क्षेत्रको विकासमा सबै एकजुट हुनुपर्ने अध्यक्ष महादेव पोख्रेलले बताउनुभयो ।

0Shares