माधव बेल्बासे
चन्द्रौटा,कपिलवस्तुु
ग्रामिण भेगका महिलाहरुलाई लक्षित गरि शिवराज नगरपालिकाले निशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटामा सोमबारदेखि ३ दिन सम्म चल्ने गरि स्वास्थ्य शिविर संचालन भएको छ । मुख्यः महिलाहरुलाई प्राथमिकता दिएर गाउँघरमै विशेषज्ञ सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको नगरप्रमुख नेत्रराज अधिकारीले बताउनुुभयो । महिलाहरु जटिल समस्याहरु उपचारको लागि धेरै खर्च हुने र समय लाग्ने भएकोले नगरले सहजिकरण गरि शिविर संचालन गरिएको उहाँले बताउनुुभयो ।
तीन दिनसम्म सञ्चालन हुने शिविरमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर जांच,महिलाहरुको पाठेघर खस्ने समस्याको जांच तथा उपचार ,क्षयरोग तथा कुुष्ठरोग सम्बन्धि शिविर विशेषज्ञ सेवा प्रदान गरिने जिल्ला स्वास्थ्य कार्यालय प्रमुख हेमराज पान्डेले जानकारी दिनुभयो । कार्यक्रम बोल्दै नगर उपप्रमुख शिवकुमारी चौधरीले समाजमा पाठेघर सम्बन्धि रोगहरुलाई महिलाहरूले अहिले पनि खुलेर भन्न नसकेको कारणले समस्या जटिल भएको तर्क गर्नुभयो । मुस्लिम समुदायको बाहुल्यता रहेका ठाउँमा यसको झन बढी रहेको चौधरीले बताउनुभयो ।
कार्यक्रममा नगर स्वास्थ्य शाखा प्रमुख चुडामणी भट्टराईले यस क्षेत्रमा पाठेघर सम्बन्धि रोगहरु धेरै देखिएकाले शिविर संचालन गरेको जानकारी दिनुभयो । पहिलो दिन ४४ जनाले सेवा लिएको भट्टराईले बताउनुुभयो । आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटाका प्रमुख डाक्टर महेश गुप्ताले शिविरमा पाठेघरको मुखको क्यान्सर परिक्षण , महिलाहरूको पाठेघर खस्ने समस्याको जाँच तथा उपचार, क्षयरोग तथा कुष्ठरोगको जाँच तथा उपचार गरिने बताउनुभयो ।

शिवराजमा स्वास्थ्य शिविर,ग्रामिण क्षेत्रका महिलालाई सहज
Facebook Comments Box